पत्रकार चेतन अधिकारी विज्ञापन बोर्डको सदस्यमा नियुक्त

2021-07-06 मा प्रकाशित

झापा, २२ असार । सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले विज्ञापन बोर्डको सदस्यमा झापाका चेतन अधिकारीलाई नियुक्त गरेको छ ।
सञ्चारमन्त्री वसन्तकुमार नेम्वाङको निर्णयबाट आज उनी चार वर्षका लागि नियुक्त भएका हुन् । गोरखापत्र, कान्तिपुर दैनिक लगायतका राष्ट्रिय सञ्चारमाध्यममा दुई दशकभन्दा लामो समय अनुभव लिएका पत्रकार अधिकारी हाल ‘नेपाली बहस डट कम’ का प्रधान सम्पादकका रहेका छन् ।

मन्त्री नेम्वाङले अधिकारीलाई आज सिंहदरबारमा नियुक्तिपत्र हस्तान्तरण गर्दै संस्थागत सुधार र सृजनात्मक प्रयोगमा आफ्नो ठाउँबाट योगदान गर्न निर्देशन दिए ।

कार्यक्रममा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालसहित, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईं, राष्ट्रिय समाचार समिति ९रासस० का महाप्रबन्धक सिद्धराज राई, नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान वल लगायतको उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु