मेचीनगरमा भोलि र पर्सि भेरोसेलको दोस्रो डोज लगाइने

2021-07-06 मा प्रकाशित

मेचीनगर । मेचीनगरमा कोरोना भाइरस ९ कोभिड–१९० विरुद्धको भेरोसेल खोपकोे दोस्रो डोज बुधबार र बिहीबार लगाइने भएको छ ।

गत जेठ २६ र २७ गते मेचीनगरका ६ वटा स्वास्थ्य केन्द्रमार्फत भेरोसेलको पहिलो डोज लगाएका ६२ देखि ६४ बर्ष उमेर समूहका ब्यक्ति तथा अग्रपंक्तिमा रहेका स्वास्थ्यर्मीहरुका लागि खोपको दोस्रो डोज लगाइने भएको हो ।

दुई दिनमा मेचीनगरमा १ हजार ६ सय ८९ जनालाई भेरोसेलको दोस्रो डोज लगाइने मेचीनगर स्वास्थ्य शाखा प्रमुख रामनायण यादवले जानकारी दिए ।

यादवका अनुसार मेचीनगरमा साबिककै स्वास्थ्य केन्द्रहरुबाट खोप लगाइने छ । वडागत खोप केन्द्रहरुमा वडा नम्बर १, २, ३ र ४ का लागि वडा नम्बर ४ स्थित बाहुनडाँगी स्वास्थ्य चौकी, वडा नम्बर ५ देखि ८ सम्मका लागि वडा नम्बर ६ स्थित काँकरभिट्टा स्वास्थ्य चौकी, वडा नम्बर ९ र १० का लागि वडा नम्बर १० स्थित धु्लावारी स्वास्थ्य चौकी भवनबाट खोप लगाउने व्यवस्था मिलाइएको छ ।

त्यसैगरी वडा नम्बर ११ र १२ का लागि वडा नम्बर ११ स्थित धाइजन स्वास्थ्य चौकी, वडा नम्बर १३ र १४ का लागि वडा नम्बर १४ स्थित दुवागढी स्वास्थ्य चौकी र वडा नम्बर १५ का लागि वडा नम्बर १५ स्थित ज्यामिरगढी स्वास्थ्य चौकीमार्फत खोप लगाइने व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ

स्वास्थ्य शाखा प्रमुख यादवका अनुसार खोप लगाउनका लागि विहान १० बजेदेखि अपराह्न्न ४ बजेसम्मका लागि समय तोकिएको छ । खोपको पहिलो डोज लगाएको खोप कार्डकै आधारमा खोप लगाइने छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु