एमाले नेता प्रसाईको कार दुर्घटनामा मृत्यु

2021-07-09 मा प्रकाशित

झापा, २५ असार । झापाका एमाले नेता ज्ञानुराम प्रसाईको कार दुर्घटनामा मृत्यु भएको छ ।
मेची अस्पताल भद्रपुरले नेता प्रसाईलाई मृत्यु घोषणा गरेको हो ।

शुक्रबार विहान ११ बजेर ३० मिनेटमा प्रसाई भद्रपुर–९ स्तिथ चारआली–चन्द्रगढी सडक खण्डमा दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिर्तामोड निवासी प्रसाई आफै बा १६ च ८१८२ नं। को कार चलाएर चन्द्रगढीतर्फ जाँदै गर्दा देवकोटाको शालिकमा ठोक्किएर दुर्घटनामा परेका थिए ।

दुर्घटना हुँदा उनको बायाँ खुट्टा र शरिरको भित्री भागमा चोट लागि घाइते भई उपचारको लागि मेची अस्पताल भद्रपुर पठाएको थियो ।

मेची अस्पतालका चिकित्सकले १२ वजेर १५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको घोषणा गरेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु