लिक बाहिर गएको संविधान ट्रयाकमा आयो ः प्रवक्ता शर्मा

2021-07-12 मा प्रकाशित

झापा,२८ असार। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम भएको प्रतिक्रिया दिएका छन् ।

सोमबार सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा विघटनलाई खारेज गर्दै निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएपछि प्रवक्ता शर्माले कांग्रेसले अब सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा आएको बताए ।

शर्माले सामाजिक संजालमा लेखेका छन् , ‘राष्ट्रपति र प्रधानमन्त्रीको आवेगपूर्ण कदम सच्याउंदै सम्मानित संवैधानिक इजलासको विवेकपुर्ण फैसला’ लिक बाहिर धकेलिएको संविधानलाई ट्र्याकमा फर्काउने कदम । केवल सरकार निर्माण होइन इतिहास निर्माणको अवसरका रूपमा यसलाई उपयोग गर्नुपर्ने दायित्व कांग्रेसको कांधमा छ ।’

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु