पत्रकार मुक्ति पौडेललाई भानु साहित्यिक पत्रकारिता पुरस्कार

2021-07-13 मा प्रकाशित

काँकरभिट्टा,२९ असार । पत्रकार मुक्ति पौडेल भानु साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । जन९संसद् दैनिकका प्रधान सम्पादक समेत रहेका पौडेललाई आज २०८ औं भानु जन्मजयन्तीको अवसरमा पुरस्कृत गरिएको हो ।

काकरभिट्टास्थीत भानु साहित्यिक प्रतिष्ठानले आयोजना गरेको भानु जन्मजयन्तिको कार्यक्रमका बीच प्रमुख अतिथि संघीय सांसद राम कार्की सहित अन्य अतिथिहरुले पत्रकार पौडेललाई २१ हजार नगद सहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

भानु साहित्यिक प्रतिष्ठानका अध्यक्ष कृष्ण उप्रेतीको सभापतित्वमा सम्पन्न भानु जन्मजयन्तिको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि कार्की, संविधान सभा सदस्य रवीन कोइराला, प्रदेश सभा सदस्य श्रीप्रसाद मैनाली, नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना उप्रेती, पुरस्कृत पत्रकार पौडेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

प्रतिष्ठानका उपाध्यक्ष डिल्लीराम घिमिरेले स्वागत गरेको कार्यक्रमको सचिब शुशिल आचार्यले गरेका थिए ।कार्यक्रम काकरभिट्टा क्याम्पसको सभा कक्षमा सम्पन्न भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु