कांग्रेसले गर्याे धुलावारीमा दीप प्रज्ज्वलन

2021-07-13 मा प्रकाशित

मेचीनगर, २० असार । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् ।

धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए ।

कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका प्रमुख पुष्प पौडेलले गरेका थिए ।

सो अवसरमा अर्का जिल्ला सदस्य तथा वडा नं। १० का अध्यक्ष सुदय पनेरु, क्षेत्रीय समितिका सचिव खड्गप्रसाद धिमाल, वडा नं। ९ का अध्यक्ष गोपाल खड्का, धुलावारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजय घिमिरे, विद्यार्थी नेता नारायण गिरी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु