मेचीनगर कराते संघको अध्यक्षमा अर्जुन लम्साल

2021-07-14 मा प्रकाशित

मेचीनगर,३०असार ।मेचीनगर सितोरियो कराते संघको अध्यक्षमा अर्जुन लम्साल चयन भएका छन् । मेचीनगरका कराते खेलसँग सम्वद्ध खेलाडी तथा प्रशिक्षकहरुको धुलाबारीमा बुधाबार सम्पन्न भेलाले करातेका वरिष्ठ प्रशिक्षक अर्जुन लम्सालको अध्यक्षतामा ११ सदस्यीय मेचीनगर सितोरियो कराते संघ गठन भएको हो

। समितिको उपाध्यक्षमा मनबहादुर धिमाल, सचिवमा बिनोद श्रेष्ठ, सहसचिवमा मुक्तिनाथ काफ्ले र कोषाध्यक्षमा सम्झना सारु मगर चयन भएको करातेका प्रशिक्षक मिलनराज प्रसाईले जानकारी दिए ।

समितिको सदस्यहरुमा सम्भु ठाकुर, अभिशेक दवाडी, सन्तोस राई, सुनिल मेचे र राजेन्द्र कार्की रहेका छन् । एक जना कार्यसमिति सदस्य काँकरभिट्टा क्षेत्रबाट थप गरिने प्रसाईले जानकारी दिए । नगरसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नगरको भुगोललाई प्रतिनिधित्व हुने गरी चयन गरिएको बताइएको छ ।

मेचीनगर खेलकुद समितिका सदस्य तथा वडा नम्बर १० खेलकुद समिति संयोजक इन्द्र आङ्दम्बेको विषेश उपस्थितिमा सम्पन्न भेलाले कालु मेचेको संयोजकत्वमा ६ सदस्यीय नगरस्तरीय सल्लाहाकार समितिसमेत चयन गरेको छ । समितिको सदस्यहरुमा मिलनराज प्रसाई, कृष्ण बस्नेत, राजु महर्जन, बद्री बिष्ट र बिष्णु श्रेष्ठ रहेका छन् ।

नगरस्तरीय कराते संघले मेचीनगर भित्र कराते खेलको प्रवद्र्धन गर्दै खेलसँग सम्बन्धित खेलाडी, प्रशिक्षकलगायतको संरक्षण र क्षमता विकासमा काम गर्ने समितिका अध्यक्ष लम्सालले बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु