काठमाण्डौ ३० असार । अर्थ मन्त्रालयले खोप खरिदका लागि ५ अर्ब बजेट दिने भएको छ । नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहणको क्रममा चार वटा फाइल सदर गर्दै खोप खरिदको लागि स्वास्थ्य मन्त्रालयलाई बजेटको सहमति दिएका हुन् । यसबाहेक अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत अर्थ मन्त्रालयले बजेट स्वीकृत गरेको छ ।
स्वास्थ्यबाट आईसीयू, एचडीयू तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैयाँ उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ । यस्तै प्रादेशिक र स्थानीय अस्पतालाई यसअघि सहमति दिए अनुसार ५२ करोड ४६ लाख रुपैयाँ उपलब्ध गराउन समेत अर्थले फाइल सदर गरेको छ ।
कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेतसदर गरिएको छ ।
प्रतिकृया दिनुहोस्