झापामा पुनः एक साता थपियो निषेधाज्ञा

2021-07-15 मा प्रकाशित

मेचीनगर । झापामा पुनः एक साता निषेधाज्ञा थप गरिएको छ ।

प्रमु्ख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा बिहीबार जारी आदेशमा जिल्लामा हाल जारी रहेको निषेधाज्ञालाई थप एक साता लम्ब्याउँदै साउन ७ गतेसम्म पु¥याइएको छ ।

निषेधाज्ञामा यस अघि गरिएको अधिकांश व्यवस्थालाई यथावत राखिएको छ । सवारी साधन सञ्चालनको हकमा जोर बिजोर प्रणाली अन्तर्गत सञ्चालन गर्ने भनिएको छ ।

तर, लामो दुरीका यातायातका हकमा झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर र ताप्लेजुङसम्म सञ्चालन गर्न दिने उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु