प्रेस क्लब मेचीनगर द्वारा सदस्यहरुलाई लोगो अंकित टि—सर्ट वितरण, महासंघका संस्थापक महासचिव भण्डारीलाई मानार्थ सदस्यता प्रदान

2021-07-17 मा प्रकाशित

मेचीनगर, २ साउन ÷ प्रेस क्लब मेचीनगरले शनिवार अन्तर्रक्रिया कार्यक्रम सम्पन्न गरेको छ । क्लबका सदस्यहरु सहभागि अन्तर्रक्रियामा क्लबले हाल सम्म गरेका र आगामी योजनाका बारेका जानकारी गराएको थियो । सो अवसरमा क्लबले आफ्ना सदस्यहरुलाई क्लबको लोगो अंकित टि–सर्ट वितरण गरेको छ ।
कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीलाई प्रेस क्लब मेचीनगरले मानार्थ सदस्यता प्रदान गरेको छ । अध्यक्ष लक्ष्मी उप्रेतीले विधानले व्यवस्था गरे बमोजिम पत्रकार भण्डारीलाई क्लबको मानार्थ सदस्यता प्रदान गरेका थिए ।

क्लबको विधानको अनुसूची ६ को दफा २ मा सञ्चार क्षेत्रमा लामो समय सेवा पुर्याएका समाजिक रुपमा स्थापित सञ्चारकर्मीलाई कार्य समितिको निर्णयबाट मानार्थ सदस्यता प्रदान गर्न सकिने व्यवस्था गरेको छ । झापा मेचीनगरका स्थायी वासिन्दा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव, अग्रज पत्रकार भण्डारी विर्तामोडबाट प्रशारण भइरहेको कञ्चनजंघा एफएमका प्रवन्ध निर्देशक हुन ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएका पत्रकार भण्डारीले सोहि अवसरमा प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट सार्वजनिक गरेका थिए भने क्लबको मानार्थ सदस्यसहित प्रेस क्लब मेचीनगरको लोगो अंकित टि—सर्ट पत्रकार भण्डारीलाई प्रदान गरिएको थियो । सो अवसरमा बोल्दैं पत्रकार भण्डारीले रहेक पत्रकारहरुले पत्रकार आचारसंहिताको पालना गर्न सुझाव दिए ।

अहिले समाजमा पत्रकारलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दैं उनले हरेक पत्रकार आफ्नो जिम्मेवारप्रति इमान्दारितापुर्वक लाग्नुपर्नेमा जोड दिए । उनले सिङ्गो समाज एउटा पत्रकारसँग किन डराउछ यस विषयमा हरेक पत्रकारले सोच्ने र गम्भीररुपमा ध्यान जानुपर्ने बताएका थिए । । आफुलाई चौथो अंगका रुपमा हेर्ने पत्रकारहरुले के गर्नुहुन्छ के गर्नुहुदैंन आफैले ठम्याउने बेला आएको उनको भनाइ थियो । पत्रकार भण्डारीले प्रेस क्लब मेचीनगरको भवन निर्माणका लागि जग्गा व्यवस्थापनमा आफु लाग्ने भन्दैं क्लबका हरेक गतिविधिमा आफ्नो साथ सहयोग र उपस्थिती रहने प्रतिवद्घता व्यक्त गरेका थिए ।

कार्यक्रमको अध्यक्षता गदैं प्रेस क्लब मेचीनगरका अध्यक्ष उप्रेतीले २०७७ असोज १० गतेबाट जिम्मेवारी प्राप्त गरेको नयाँ नेतृत्वले अहिलेसम्म गरेका कार्यहरुका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए । अध्यक्ष उप्रेतीले अहिले पनि क्लबले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकार गर्दै कोभिड १९ को महामारीका कारण लक्ष्य अनुसार काम गर्न नसकेको प्रष्ट पारे । क्लबकी कोषाध्यक्ष रीता दाहालले क्लवको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा बोल्दैं नेपाल पत्रकार महासघका पूर्व केन्द्रिय सदस्य मोहन काजीले क्लबले अहिलेसम्म गरेका गतिविधि प्रशंसा योग्य रहेको बताए । क्लबका पूर्व अध्यक्ष ज्ञानेन्द्र निरौलाले वर्तमान समय सूचना प्रविधिको भएकाले अव हरेक पत्रकार प्रविधिमैत्री नबन्ने हो भने आफ्नो पेशाबाट पलायन हुने अवस्था सिर्जनाहुने बताउदैं हरेक सञ्चारकर्मी प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए । निवर्तमान अध्यक्ष मुक्ति पौडेलले हरेक संञ्चारकर्मी एक आपसमा नफुटी हरेक साहेगाहे अवस्थामा एक भएर उभिनुपर्ने बताए ।
कार्यक्रममा लेखक उज्वल प्रसाईं, प्रेस संगठन झापा अध्यक्ष झुलन रेग्मी, शिक्षासेवी विश्व थापालगायतले आ—आफ्नो धारणा तथा सुझाव प्रस्तुत गरेका थिए । कार्यक्रममा क्लबका ३० जना सदस्यहरुलाई टि–सर्ट वितरण गरिएको क्लबका सचिवालय सदस्य विकास देवकोटाले जानकारी दिए । क्लवका सदस्य हरिकृष्ण भण्डारीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जीआर धितालले गरेका थिए

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु