संक्रमण बढे पछि झापाका छ पालिका सिल

2021-07-25 मा प्रकाशित

मेचीनगर । झापामा कोरोना संक्रमण पुनः तीब्र रुपमा बढ्न थालेको छ । कोरोना संक्रमण बढ्न थालेपछि झापाका बिभिन्न पालिका सिल हुँदै गएका छन् ।

बुद्धशान्ति, अर्जुनधाराको शनिश्चरे बजार, कनकाई यसअघिनै सिल गरिएका छन् ।

आइतबार झापामा थप दुई पालिकाहरु दमक र शिवसताक्षीसमेत सिल गर्ने निर्णय भएको छ ।

त्यस्तै संक्रमण नियन्त्रणका लागि भन्दै बिर्तामोड नगरपालिकाले समेत साउन १३ गते राति १२ बजेबाट नगरपालिका सिल गर्ने निर्णय गरेको बुझिएको छ ।

शिवसताक्षी र दमक नगरपालिका भने सोमबार राति १२ बजेबाट सिल गरिने सबन्धित पालिका स्रोतले बताएका छन् ।

योसँगै झापाका १५ पालिका मध्ये छ वटा पालिकाहरुले आफ्नो क्षेत्र सिल गर्ने निर्णय गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु