मेचीनगरमा भोलि देखि १५ गते सम्म खोपअभियान सञ्चालन हुने , कोरोना नियन्त्रणको लागि पूनः लकडाउन गर्न सुझाव

2021-07-26 मा प्रकाशित

मेचीनगर, ११ साउन ÷ मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिले मंगलबार भोलिदेखि १५ गतेसम्म कोभिड १९ विरुद्घको भेरोसिल खोप लगाउने कार्यलाई व्यवस्थित बनाउन र सवैले साथ सहयोग गर्न आग्रह गरेको छ । लक्षित समुदायलाई सम्बन्धित स्वास्थ्य संस्थामा गएर खोप लगाउन समेत वैठकले निर्णय गरेको छ ।

मेचीनगर स्तरीय कोभिड १९ रोगथाम नियन्त्रण व्यवस्थापन समितिको सोमबार समितिका सह संयोजक कार्यवहाक नगरप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षतामा बसेको बैठकले साउन १२ र १३ गते ५५ वर्ष माथिका सवै नागरिकहरुलाई खोप लगाउने तय भएकाले उनीहरुलाई सम्बन्धित स्वास्थ्य संस्थासम्म पठाउन पनि वैठकले सवैमा आग्रह गरेको छ । खोप अभियानलाई भने प्रशासनको सहजीकरणमा प्रभावकारी ढंगमा सञ्चालन गर्दै लैजाने समेत वैठकले निर्णय गरेको छ ।

उपप्रमुख उप्रेतीले साउन १४ र १५ गते शिक्षक, कर्मचारी, प्राध्यापकहरु, सार्वजनिक यातायातका चालक र सहचालकहरु, अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु रविदेश जान भिषा लागेका व्यक्तिहरु, पेट्रोलियम व्यवसायमा संलग्न फ्रन्टलाईनमा काम गर्ने कामदारहरु, फ्रन्टलाईनमा काम गर्ने यस अघि छुट भएका स्वास्थ्यकर्मीहरु,तथा सुरक्षाकर्मीहरु, भन्सार एजेन्ट,निर्माण व्यवसायी संघ बैकिङ सेवाको क्यास काउण्टरमा काम गर्ने कर्मचारी र सुरक्षा गार्डलाई खोप लगाउने जानकारी दिनुभयो । वैठकले कक्षा ११ को परीक्षालाई निरन्तरता दिन पनि सुझाव दिइएको छ । एन्टिजेन टेस्ट, पिसीआर परीक्षणको दायरालाई बढाउने ब्यवस्था मिलाउने र कोभिड १९ संक्रमण नियन्त्रणका लागि सबै सरोकावाला पक्षहरु बीच थप प्रभावकारी समन्वय एवम सहकार्य गर्ने निर्णय वैठकले गरेको छ ।

नगरक्षेत्रमा आवश्यकता परे अत्यावश्यक पसल बाहेक अन्य सवै पसल बन्द गरी अनावश्यकरुपमा मोटरसाइकलसहित अन्य सवारी साधनमा सवार गर्नेहरुलाई नियन्त्रण गर्न र नगरमा लकडाउन गर्न पनि वैठकले नगरकार्यपालिकालाई सुझाव दिइएको छ । खाद्य सामग्रीका पसलदेखि वित्तीय संस्थालगायत सबै पसल व्यवसाय बन्द गर्न समितिले कार्यपालिकालाई सुझाव दिइएको छ । दुग्ध जन्य पदार्थका पसलहरु भने दिनको केही घण्टा खुल्ला गर्न दिने गरीको प्रस्ताव गरिएको छ । त्यस्तै विश्वविद्यालय तथा कक्षा ११ का परीक्षा भने सुचारु गर्न समितिले कार्यपालिकालाई सुझाव दिईएको छ ।

तत्कालै नगरक्षेत्रमा पूर्णरुपमा लकडाउन र सील गर्ने कुनै योजना नहेपनि आवश्यक परे नगरपालिकाले नगरमा लकडाउन तथा सील गर्न सक्ने संकेत गदैं उपप्रमुख उप्रेतीले कार्यपालिकाको बैठले यसलाई निर्णय गर्ने बताउनुभयो । सम्भवतः एकहप्ता सम्म नगरक्षेत्रमा लकडाउन गर्ने या शील यस विषयमा कार्यपालिकाको मंगलबार बस्ने बैठकले टुङ्गो लगाउने कार्यवहाक प्रमुख उप्रेतीको भनाई छ । समितिले नेपाल जारी गरेको निषेधाज्ञ पूर्णरुपमा पालना र सुरक्षा मापदण्ड अप्नाउन सवैमा नगरवासीमा आग्रह गरेको छ ।

वैठकमा १ नम्बर प्रदेश सभा सदस्यहरु गोपालचन्द्र बुडाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, नगरपालिका शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्की, मेचीनगर वडानम्बर ४ का वडाध्यक्ष तथा कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन वराल,कार्यपालिका सदस्य टिकाराम सार्की, कार्यपालिका सदस्य कृष्ण कनाल, स्वास्थ्य शाखा प्रमुख रामनारायण यादव, स्वास्थ्य शाखा कोभिड फोकल पर्सन सविता सापकोटा,नेपाली काँग्रेसका मेचीनगर उपसभापति सुरेन्द्र बुडाथोकी, नेकपा एमालेका राजु कार्की, नेकपा माओवादी केन्द्र मेचीनगर अध्यक्ष पुष्प गुरागाईँ, जनता समाजवादी पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्ग, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सविना बजगाईँ, मेची उद्योगा बाणिज्य संघका बाणिज्य अध्यक्ष ऋषि तिम्सिना, नेपाल रेडक्रस सोसाइटि मेचीनगर उपशाखाका लक्षेन्द्रप्रसाद यादव, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहाल, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, सशस्त्र प्रहरी बल नेपाल वीओपी काँकरभिट्टाका प्रमुख वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेमकुमार राई लगायतको सहभागिता रहेको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु