खबरमञ्च छैटौं वर्षमा

2021-07-26 मा प्रकाशित

काँकरभिट्टा । मेचीनगरबाट प्रकाशन हुँदै आएको खबरमञ्च साप्ताहिक छौटौं वर्षमा प्रवेश गरेको छ ।

मेचीनगर वडा नम्बर ७ मा कार्यालय रहेको साप्ताहिकले पाच बर्षे यात्रा सफलताका साथ पुरा गरेको छ ।

छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ ।खास गरी स्थानीय बिषयवस्तु र समेट्नै पर्ने समाचारका बिषयवस्तुलाई केन्द्रमा राखेर साप्ताहिकको अनलाइन संस्करण आम पाठकहरुले पढ्न पाइरहेका छन् ।पत्रिकालाई यो अवस्थासम्म ल्याई पु¥याउन अमूल्य सल्लाह, सुझाव र साथ दिनु हुनै सबै पाठक वर्गमा पत्रिकाका प्रकाशकरसम्पादक प्रकाश पौडेलले आभार प्रकट गरेका छन् ।

वार्षिक उत्सवको अवसरमा झापाका अग्रज पत्रकार, पत्रकार जन्य संघ–संगठन नेतृत्व, सञ्चारकर्मी तथा आम पाठकहरुले खबरमञ्चको आगामी दिनमा समेत यात्रा निरन्तरताको शुभकामना ब्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु