मेचीनगरका सबै वडाबाट अब खोप लगाउन पाईने

2021-08-01 मा प्रकाशित

मेचीनगर,१७ साउन । मेचीनगर नगरपालिकाले अब सवै वडाबाट कोरोना बिरूद्धको खोप लगाउने भएको छ । कोरोना खोप लगाउँदा यस अघि देखिएको भिडलाई मध्यनजर गर्दै नगरले सम्वन्धीत वडामै खोपलगाउने निर्णय गरेको हो ।

नगरपालिकाले कुपन सिस्टमका आधारमा खोप लगाउने भएको छ । अब खोप लगाउन अनिवार्य कुपन लिनु पर्नेछ । जुन सबै वडा कार्यालयबाट उपलब्ध हुनेछ ।

नगरपालिकामा आज बसेको कार्यपालिकाको वैठकले खोप केन्द्रमा भएको यसअघिको भिडभाडलाई मध्यनजर गर्दै सहजताको लागि प्रत्येक वडा वडाबाटै खोप प्रदान गर्ने निर्णय गरेको उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिइन् ।

मेचीनगरमा जोन्सन एण्ड जोन्सन कम्पनीको खोप आउने क्रम जारी रहेको बताउँदै उपप्रमुख उप्रेतीले साउन २०, २१ र २२ गते ५० बर्षदेखि ५४ बर्षसम्मका नागरिकलाई खोप लगाइने बताइन् । उक्त जोन्सन एण्ड जोन्सन खोप एक मात्रा मात्रै लगाउँदा हुन्छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु