लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी

2021-08-12 मा प्रकाशित

झापा,२८ साउन । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार केसीलाई बहुमतको दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्री केसीलाई माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन रहेको छ ।

केसी रोल्पाको निर्वाचन क्षेत्र १ ’क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । बुधवार मुख्यमन्त्री पदबाट शङ्कर पोखरेलले राजीनामा दिएसँगै प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर बहुमतसहित सरकारको दाबी गर्न आह्वान गरेका थिए ।

तत्कालीन नेकपा ९माओवादी०ले सशस्त्र विद्रोह संचालनार्थ गठन गरेको जनमुक्ति सेनाका डिभिजन कमिसार हुँदै केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् ।

नेकपा ९एमाले० र माओवादी केन्द्रको एकताबाट बनेको नेकपामा उनी केन्द्रीय सदस्य र संसदीय दलको उपनेता थिए ।

नेकपा ९मसाल०को विद्यार्थी संगठनबाट राजनीति थालेका रोल्पा, लिवाङका केसी २०५९ सालमा माओवादीबाट फुटेको मोहन वैद्यको पार्टीमा लागेका थिए । २०७३ मा प्रचण्ड नेतृत्वको माओवादीमा फर्किएर प्रत्यक्षतर्फ रोल्पा १ बाट निर्वाचित भएका उनी शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री थिए ।

नेकपा विभाजनपछि गण्डकी प्रदेशमा नेपाली कांग्रेस र लुम्बिनीमा नेकपा ९माओवादी केन्द्र०ले मुख्यमन्त्री पाउने सहमति भएअनुसार ५१ वर्षीय केसीलाई लुम्बिनीका चार दलले मुख्यमन्त्री प्रस्ताव गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु