काँँकरभिट्टामा तीनदिने रक्तदान अभियान शुरु

2021-08-14 मा प्रकाशित

मेचीनगर,३० साउन ÷ रोटरी क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ काँकरभिट्टाले शनिबारदेखि तीनदिने रक्तदान कार्यक्रम अभियान शुरु गरेको छ ।

‘रक्तदान जीवन दान’ भन्ने नारासहित मेचीनगरका तीन महत्वपूर्ण बजार काँकरभिट्टा, इटाभट्टा र धुलावारीमा रक्तदान कार्यक्रम गर्ने रोटरी रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टाका सन् २०२१÷२०२२ मा अध्यक्ष रोहितकुमार बुडाथोकीले जानकारी दिनुभयो ।

शनिबार पहिलो दिन लक्ष्मीनारायण मन्दिरमा कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस सोसाईटि रक्त सञ्ञ्चार सेवाकेन्द्र झापा शाखा, भद्रपुर विर्तामोडको प्राविधिक सहयोग कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष बुडाथोकीले बताउनुभयो । प्राविधिकहरु बिनिता राजवंशी, पन्ता राई, रिमा खड्का र प्रेम सुन्दासले रक्त संकलन गरेका थिए ।

क्लबका यूथ चियर रविचन्द्र नेपालले रक्तदान कार्यक्रममा इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक होम अधिकारीले २८ औँ र स्थानीय युवा राकेश खवासले २० औँ पटक रक्तदान गरेको जानकारी दिनुभयो । उहाँ अनुसार कार्यक्रममा आठमहिला र ३१ पुरुष गरी ३९ जनाले रक्तदान गरेका थिए । संकलित सवै रगत नेपाल रेडक्रस सोसाईटि रक्त सञ्ञ्चार सेवाकेन्द्र झापा शाखा, भद्रपुर विर्तामोडलाई प्रदान गरिएको छ । कार्यक्रममा रोटरी, रोट्रयाक क्लबका पदाधिकारीहरु, नेपाल प्रहरी, सश्स्त्र प्रहरी र सर्वसाधारणहरुले रगत दान गरेका थिए ।

अध्यक्ष बुडाथोकीले रोटरीले विभिन्न विधामा काम गदैं आएको बताउनुभयो । उहाँले रोटरी समाजप्रतिको उत्तरदायित्व वहन गराउने नाफारहित सामाजिक संस्था भएकाले विश्वशान्ति, खानेपानी र सरसफाई, आधारभूत शिक्षा, विभिन्न रोगको उपचार, तथा रोकथाम ,आमा र नवजात शिशुको स्वास्थ्य उपचार, समुदायमा आधारित आर्थिक विकासका क्षेत्रमा रोटरीले काम गदैं आएको र अहिले झापामा रगतको अभाव भइरहेका बखत तीनदिने रक्तादान कार्यक्रम आयोजना गरेको अध्यक्ष बुडाथोकीको भनाई छ । सामाजिक, शैक्षिक, खेलकुद तथा स्वास्थ्य शिक्षालगायत हरेक सामाजिक सेवामा रोटरीले काम गर्ने उहाँको भनाई छ ।

झापाका रक्त सञ्चार सेवाकेन्द्रमा रगत अभाव हुँदा विभिन्न अस्पतालमा उपचार गराईरहेका र रगतको आवश्यक परेका विरामीलाई समस्या पर्ने भएकाले यो अभाव टार्न रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रीक ३२९२ नेपाल भुटान अन्तर्गतको रोटरी क्लब अफ काँकरभिट्टा र रोट्रयाक क्लब अफ काँकरभिट्टाले तीन दिने रक्तदान कार्यक्रम अभियान शुरु गरेको क्लबका प्रोजेक्ट चियर दिपेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आइतबार इटाभट्टा र सोमबार धुलावारीमा कार्यक्रम आयोजना गरिने तय भएको छ । उद्घाटन सत्रमा क्लबका प्रेसिडेन्ट इलेक्ट सुजन प्रधानलगायतको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु