नेपाली काँग्रेसको सदस्यता विवाद टुङ्गियो

2021-08-24 मा प्रकाशित

झापा, ८ भदौै ।नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।

प्रधानमन्त्री एवं सभापति देउवाको निजी निवास बूढानीलकण्ठमा क्रियाशील सदस्यताको बाँकी विवाद समाधानका लागि जिम्मेवारी तोकिएका नेताहरुका तर्फबाट पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिवेदन बुझाउनुभएको हो । क्रियाशील सदस्यताको बाँकी विवाद मिलाउन पार्टीले नेता सिटौलासहित केन्द्रीय सदस्यद्वय डा मीनेन्द्र रिजाल र रमेश लेखकलाई जिम्मेवारी प्रदान गरेको थियो ।

क्रियाशील सदस्यतालाई अन्तिम रुप दिएसँगै यही भदौ १८ गते तोकिएको कांग्रेसको गाउँ÷नगर वडा अधिवेशन सुनिश्चित भएको छ । नेता कार्यकर्ताहरु अधिवेशनका लागि जिल्ला र गाउँ जान सुरु भइसकेको छ । नौ लाखको हाराहारीमा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँरनगर वडा अधिवेशनका मतदाता हुन । क्रियाशील सदस्यहरुले आफने वडा समिति र क्षेत्रीय प्रतिनिभिको चयन गर्ने विधानमा उल्लेख छ ।

सभापति देउवाले क्रियाशील सदस्यता विवरणमा हस्ताक्षर गरेपछि प्रतिवेदन पार्टीको केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण हुनेछ । निर्वाचन समितिले क्रियाशील सदस्यताको विवरण प्राप्त गरेलगत्तै एक÷दुई दिनभित्र सम्पूर्ण जिल्लामा पु¥याइसक्ने समिति संयोजक महादेवप्रसाद यादवले राससलाई जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु