नेपाली काँग्रेस मेचीनगर सभापतिमा युवा नेता थापाको उम्मेद्वारी घोषणा

2021-09-13 मा प्रकाशित

मेचीनगर । नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन्द्र थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।२०५२ सालबाट राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका युवा नेता थापाले तरुण दलको वडा सभापति ,पार्टी वडा सचिव ,त्यसपछि पार्टी वडा सभापति हुँदै २०५४ सालपछि निर्वाचित जनप्रतिनिधिको रुपमा राम्रो छवी बनाएका छन् ।

युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचित थापामगर सरल र मिजासीलो स्वभावका काँग्रेसमा सम्भावना बोकेका नेतामा पर्छन् ।

‘अहिलेसम्मको क्रियाशिलता र पार्टी संगठनमा काम गरेको योग्यताकै आधारमा नगर सभापतिको उम्मेद्वार बनेको थापाले बताए।

काँग्रेसलाई बलियो बनाउँदै जनताको बीचबाट काँग्रेसलाई पहिलो पाटी बनाउन पनि आफुले नगर सभापतिको उम्मेद्वारी दिएको बताउदै उनले सबैलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु