महामन्त्रीका दावेदार शर्माले चुनावी अभियान झापाबाटै सुरु गर्ने

2021-09-16 मा प्रकाशित

झापा, ३१ भदौ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदको उम्मेद्वारी घोषणा गरेका प्रखर युवा नेता विश्वप्रकाश शर्माले गृहजिल्लाबाटै चुनावी अभियान प्रारम्भ गर्ने भएका छन् ।

असोज ३ गते विर्तामोडको अग्रसेन भवनमा एक कार्यक्रम आयोजना गरी शर्माले मत माग्ने अभियान झापाबाटै सुरु गर्ने छन् ।

उनले आफु किन महामन्त्रीको उम्मेद्वार बनेको भनेर कार्यकर्तालाई सोही कार्यक्रममा आफ्नो अवधारणा प्रस्तुत गर्ने पार्टीका जिल्ला सदस्य पुष्पराज पौडेलले बताए ।

असोज ३ गते संविधान दिवस हो । सोही अवसरमा शर्माले चुनावी अभियान सुरु गर्ने भएका छन् । उम्मेद्वारीको घोषणा उनले कांग्रेसका संस्थापक वीपी कोइरालाको जन्मजयन्तीको अवसर परोर काठमाडौंको सुन्दरीजलबाट गरेका थिए ।

मेचीनगर निवासी शर्मा झापाबाट महामन्त्री जस्तो पार्टीको उच्च पदको दावी गर्ने दोस्रो नेता हुन् । यसअघि नेता कृष्णप्रसाद सिटौला पार्टीको महामन्त्री बनिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु