क्षेत्रिय ‘क’ को सभापतिमा युवा नेता बुढाथोकीको उमेद्वारी घोषणा

2021-09-20 मा प्रकाशित

मेचीनगर,४ असोज । नेपाली कांग्रेस यतिबेला नयाँ नेतृत्व चयनको लागि पार्टीको आन्तरिक निर्वाचनमा होमिएको छ ।

पार्टीको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको लागि नगर,क्षेत्र र प्रदेश तथा केन्द्रिय समितिमा उम्मेद्वारी घोषणा गर्ने क्रमले तीव्रता पाउँन थालेको छ । पार्टीलाई शसक्त बनाउन युवा नेतृत्व यस पटक चुनावी प्रतिष्पर्धामा होमिएका छन् । १४ औ महाधिवेशन अन्तर्रगत भदौ १९ गते वडा तहको निर्वाचन सम्पन्न भइसकेको छ । अव  नगरको निर्वाचन असोज ९ गते, क्षेत्रको १३ गते र जिल्लाको १८ गते हुने निस्चित भएको छ ।

निर्वाचन नजिकीए सँगै झापा क्षेत्र नम्वर १ को प्रदेश क्षेत्र ‘क’ को सभापतिका लागि युवा नेता हरि बुढाथोकीले उम्मेद्वारी घोषणा गरेका छन् । २०४४ सालदेखि सक्रिय राजनीतिमा होमिएका बुढाथोकीले यस अघि दुई कार्यकाल क्षेत्रीय सदस्य र दुई कार्यकाल क्षेत्रिय सचिवको जिम्मेवारी सफलता पुर्वक पुरा गरिसकेका छन् । पार्टीलाई एक ढिक्का बनाएर काँग्रेसलाई सशक्त पार्टी बनाउन आँफुले उम्मेद्वारी दिएको उनले बताए ।

मेचीनगर–५ निवासी बुढाथोकी मेची कृषक बहुमुखी सहकारीका अध्यक्ष समेत हुन । राजनीतिक विश्लेषण गर्न सक्ने क्षमताका बुढाथोकी शैक्षिक अभियानमा पनि सामेल छन् । उनी ग्रीन भिजेज इङ्लिस बोर्डिङ स्कुल मेचीनगर–५ का एकल सञ्चालक हुन् ।मेचीनगरका १५ वटा वडामध्ये १, २, ३, ४, ५, ६, ७, ८, १० र १५ तथा भद्रपुरको ९ गरि दुईवटा पालिकाका ११ वटा वडाबाट निर्वाचित क्षेत्रिय प्रतिनिधिहरूले बुढाथोकीलाई मतदान गर्न पाउने छन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु