कनकाईका लेखा अधिकृत दाहालको निधन

2021-09-29 मा प्रकाशित

झापा, १३ असोज । कनकाई नगरपालिकाका लेखा अधिकृत भूपेन्द्र दाहालको आज विहान ९.४५ बजे निधन भएको छ ।
मेचीनगरको बाहुनडाँगी निवासी दाहालको सुरुंगास्थित डेरामा निधन भएको हो । विगत केही वर्षदेखि स्वास्थ्यमा विभिन्न समस्या झेल्दै आएका दाहालको मृगौलामा समस्या भएपछि ४ महिना अघि भारतको दिल्लीमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपण पछि स्वास्थ्यमा क्रमिकरुपमा सुधार हुँदै थियो । तर , केहिदिन देखि पुनः स्वास्थ्यमा समस्या बढेपछि उनलाई उपचारको लागि मंगलबार बीएण्डसी अस्पताल लगिएको थियो । अस्पतालमा स्वास्थ्य परीक्षण पछि मंगलवारनै कनकाई स्थित डेरामा लगिएको थियो । बुधबार विहानको समयमा आफै वाथरुम सम्म गएका दाहाको केहि सय पछि स्वास्थ्य जटील बनेपछि  थप उपचारको लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै उनको मृत्यु भएको परिवारले जनाएको छ । स्व. दाहाल लामो समय सम्म शिक्षण पेशामा समेत थिए । घटना पछि उनको शव मेचीनगर २ स्थित निजिनिवासमा लगिएको थियो । स्व. दाहाका बुवा उदय चन्द्र , आमा सावित्रा, दाजु खेमराज, श्रीमती इन्दिरा र एक छोरा प्रस्थान दाहाल छन् । उनको बुधबारनै स्थानीय निन्दा नदीमा दाहासंस्कार गरिएको परिवारले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु