राप्रपाले मेचीनगर ७ मा गठन गर्याे, भ्रातृ संगठन

2021-10-03 मा प्रकाशित

काँकरभिट्टा । राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगरले संगठन विस्तारलाई तीब्रता दिन थालेको छ । राप्रपाले  मेचीनगर –७ मा दुईवटा वडास्तरीय भ्रातृ संगठन गठन गरेको छ ।

पार्टीका प्रदेश कमिटी सदस्य तथा मेचीनगर नगरपालिकाका पूर्वप्रमुख कल्याण खड्काको प्रमुख आतिथ्यतामा वडास्तरीय संगठन निर्माण गरिएको हो ।

पार्टीका ७ नम्बर वडा अध्यक्ष राजु शिवाकोटीको अध्यक्षतामा सम्पन्न भेलाले रतिलाल मुण्डा अध्यक्ष रहेको ९ सदस्यीय युवा संगठन र पुनम भण्डारी अध्यक्ष रहेको ९ सदस्यीय महिला संगठन निर्माण गरेको थियो ।

सो अवसरमा राप्रपा मेचीनगर अध्यक्ष सविना बजगाईं, महिला संगठन क्षेत्रीय सदस्य अस्मिता खरेल, महिला संगठन मेचीनगर अध्यक्ष सुनिता शर्मा, जिल्ला सदस्य शारदा पराजुली, कल्पना डाँगीलगायतको आतिथ्यता थियो ।

उक्त कार्यक्रमको सञ्चालन राप्रपा मेचीनगर उपाध्यक्ष घनश्याम लामिछानेले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु