कनकाईमा जारी वडास्तरीय फुटवलको, दोस्रो दिन सम्पन्न खेलमा वडा नं. २ विजयी

2021-10-04 मा प्रकाशित

कनकाई,१८ असोज ÷ झापाको कनकाईमा जारी वडास्तरीय नकआउट फुटवल प्रतियोगिताको दोस्रो दिनको खेलमा वडा नं.२ विजयी बनेको छ ।

कनकाई नगर खेलकुद विकास समितिको आयोजना रहेको आजको दोस्रो दिनको खेलमा वडा नं.४ लाई २—० गोलको अन्तरले पछि पार्दै वडा नं.२ विजयी बनेको हो । खेलको सुरुवाती पहिलो १७ औं मिनटमा विजयी टिमका रोशन दर्जीले पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिएका थिए । त्यसपछि पनि थप हौसलाका साथ अघि बढेको वडा नं.२ ले खेलको २९ औं मिनटमा रोशन दर्जीबाटै प्रहार गरेको गोलले विपक्षीको जाली चुमेपछि २—० गोलको अन्तरमा वडा नं.२ विजेता बनेको खेल आयोजक समितिका संयोजक गोविन्द उप्रेतीले बताए । खेलको म्यान अफ द म्याच विजयी टिमका गोल कर्ता रोशन दर्जी घोषित भए । दर्जीलाई खेल संयोजक उप्रेतीले म्यानअफद म्याचको पुरस्कार स्वरुप खेलाडीको बुट हस्तान्तरण गरे ।

प्रतियोगिताको तेस्रो दिन भोली (मंगलबार) कनकाईको वडा नं.५ र वडा नं.६ विचमा प्रतिस्पर्धा हुने खेल आयोजक समितिले जनाएको छ । प्रतियोगितामा प्रथम पुरस्कार ५१ हजार र दोस्रो पुरस्कार ३१ हजार नगद साथै प्रमाण पत्र र ट्रफी रहेको बताइएको छ । यसका साथै सेमी फाइनलमा पुगेर पराजीत हुने दुईवटा टिमलाई समेत सान्त्वना स्वरुप ५÷५ हजार नगद प्रदान गरिने आयोजक समितिका अध्यक्ष रविन्द्र लम्सालले बताएका छन् । असोज २५ गते समापन हुने प्रतियोगितामा कनकाई नगर क्षेत्रका ९ वटा वडाको सहभागिता रहने बताइएको छ ।

आजको फुटवल प्रतियोगिता उद्घाटन हुनुुुअघि फिफाका पूर्व रेफ्री लब खत्रीको असामयीक निधन भएकोमा गहिरो दुःख व्यक्त गर्दै एक मिनट मौन धारण गरिएको थियो ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु