एकीकृत समाजवादीको नगर अध्यक्षमा पौडेल

2021-10-08 मा प्रकाशित

मेचीनगर । नेकपा एकीकृत समाजवादीको बिहीबार मेचीनगरमा सम्पन्न भेलाले नगर अध्यक्षमा अर्जुन पौडेललाई सर्व सम्मत चयन गरेको छ ।

भेलाले पौडेललाई अध्यक्ष चयन गर्दै ५१ सदस्यीय कमिटी गठन गरेको छ । यसअघि एमालेको क्षेत्रीय अध्यक्ष, नेकपाको जिल्ला कमिटी सदस्य रहिसकेका पुराना नेता पौडेल विद्यार्थी कालदेखि नै झापाका चर्चित वाम कार्यकर्ता हुन् ।

पछिल्लो समयमा कोइराला र बुढाथोकीले ओलीलाई नै साथ दिँदा नेता पौडेल भने माधव नेपाल पक्षमा उभिएका नेता हुन् । मेचीनगर उपाध्यक्षमा चेतराज बिष्ट चेतन, बिमला देवकोटा, र नारायण भट्टराई र सचिवमा हरि तिम्सिना चयन भएका छन् । कमिटीको उपसचिवमा हेमन्त नेपाल चयन भएका छन् ।

युवासंघ नेपाल मेचीनगर कमिटी पनि बनेको पार्टीका युवा नेता दुर्लभ परासरले जानकारी दिए । उनका अनुसार युवा संघ अध्यक्षमा पुस्कर बस्नेत, सचिवमा कृष्ण राजवंशी र उपसचिवमा तुलसा कट्टेल चयन भएका छन् । युवा संघ पनि ५१ सदस्यीय छ ।एसका एक नम्बर प्रदेश कमिटी सदस्य ताराराज ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा झापा अध्यक्ष वेदराज रेग्मी, जिल्ला सचिव निलमणि बराल, केन्द्रीय सदस्य पुष्प पोखरेल, प्रदेश कमिटी सदस्यहरु शारदा शर्मा, शुभद्रा अर्याल, लोकबन्धु कन्दङ्वा, युवासंघका केन्द्रिय सचिव प्रत्युसजंङ्ग राणा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।  सो अवसरमा जिल्ला कमिटी सदस्य शंकर थापा , केदार ओडारी , विर्तामोड अध्यक्ष श्री सिटौला , प्रचार विभाग प्रमुख तीर्थ सिक्देल  लगायतको उपस्थिति रहेको थियो । बिमला देवकोटाले स्वागत गरेको कार्यक्रमको सञ्चालन ज्ञानेन्द्र ढुंगानाले गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु