बौद्दमोड इङ्लिस बोर्डिङ स्कूलको देउसे – भैलो कार्यक्रम

2021-11-10 मा प्रकाशित

बाहुनडाँगी । धर्म, संस्कार, कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले बौद्दमोड इङ्लिस बोर्डिङ स्कूलले देउसे भैलो कार्यक्रम सञ्चालन गरेको छ ।
नेपाली दौरासुरुवाल, ढाका टोपी तथा साडी र चौवन्दी चोलीमा सजिएका छात्र –छात्राहरुले दर्शकहरुलाई मनोरन्जन दिन एकल तथा सामुहिक नृत्य , राष्ट्रिय गीत तथा संदेश मुलक नाटक प्रस्तुत गरिरहेका छन् । लक्ष्मी पुजाको दिन देखि सुरु भएको देउसी नाच अव २ दिन सञ्चालन हुने विद्यालयका सञ्चालक सचिन निरौलाले बताए । विद्यालयले देउसीबाट संकलित रकमबाट बालबालिकाको क्षमता अभिबृद्घि गराउने योजना रहेको र उनीहरुको व्याक्तित्व विकास, बालक्लव सञ्चालन लगायतका क्षेत्रमा रकम खर्चगरिने उनले बताए । कोरोनाको त्रासका कारण अघिल्लो वर्ष रमाउन नपाएका बालबालिकाहरुलाई खुशी साटा–साट गर्न देउसी नाच कार्यक्रमले ठूलो सहयोग पुगेको देउसी नाच कार्यक्रमकी संयोजक तथा विद्यालयकी प्रिन्सीपल टिकाराई( भवना)ले बताइन् । देउसी नाचको सञ्चालन बासु शर्मा, अर्जुन बस्नेत र गोपाल आचार्यले गरिरहेका छन् भने बाध्यबाधन तर्फ निर्मल शर्मा, कोडियो ग्राफर पुजा बस्नेत ,कुमार ढुंगाना, अस्मिता राई( निरु), अशिम प्रधान, देवेन्द्र कार्की, विकि बस्नेत लगायत बालबालिका हरुको सक्रिय सहभागिता रहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु