रोटरी क्लव अफ मेचीनगरले खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने

2021-11-13 मा प्रकाशित

मेचीनगर, २७ कार्तिक । रोटरी क्लव अफ मेचीनगरले नेपाल सम्बत् ११४२ (नववर्ष) र अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर खुल्ला मिनी म्याराथुन दौड प्रतियोगिता गर्ने भएको छ ।

आगामी मंसिर ४ गते शनिवार चारआलीस्थित सहिद दशरथचन्द माध्यमिक विद्यालयको प्राङ्गणबाट काँकरभिट्टासम्म १३ किलोमिटरको दूरीमा म्याराथुन दौड हुने क्लवका कार्यक्रम संयोजक दिनेश शाक्यले जानकारी दिएका छन् ।

उनका अनुसार प्रतियोगितामा सहभागी हुने व्यक्ति तथा संस्थाहरुले मेची उद्योग बाणिज्य संघ, प्रतिक फार्मेसी चारआली, मेरो ब्रान्ड हार्डवेयर ईटाभट्टा, आर्शिवाद ट्राभल्स काँकरभिट्टा र सतासी बहुउद्देश्यीय सहकारी संस्था र कृषि थोकमा नाम दर्ताका लागि फाराम प्राप्त गर्न सक्नेछन् ।

महिला तथा पुरुषको छुट्टाछुट्टै हुने प्रतियोगितामा प्रथम हुनेले १० हजार रुपैयाँ, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँको पुरस्कार पाउने छन् ।

चौथोदेखि दशौंसम्म हुनेलाई सान्त्वना स्वरुप एक हजार रुपैयाँ र सहभागी हुने प्रतियोगीलाई टिसर्ट निःशुल्क उपलब्ध गराइने जानकारी दिए ।

धुलावारीको पाँचतारे होटल मेची क्राउनमा रोटरी क्वलले आगामी फेब्रुअरी १८ देखि २० गतेसम्म आयोजना गर्न लागेको १४ औं डिस्ट्रिक कन्फरेन्सलाई प्रवद्र्धन गर्न समेत म्याराथुन प्रतियोगिताले सहयोग पुग्ने आयोजक संस्थाले जनाएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु