प्रदेश ‘क’ को सभापतिमा हरि बुढाथोकी बिजयी

2021-11-20 मा प्रकाशित

मेचीनगर । नेपाली काङ्ग्रेस झापा क्षेत्र नं। १ को प्रदेश ‘क’को सभापति पदमा हरि बुढाथोकी १५८ मतप्रप्त गरी निर्वाचित भएका छन् ।

उनका प्रतिष्पर्धी हर्कबहादुर लिम्बु फियाकले १३५ मत र बद्री खड्काले ७२ मत प्राप्त गरेका छन् ।

उपसभापति पदमा रेवादास उप्रेतीले २०२ मत र गंगा कोइरालाले १८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनको प्रतिष्पर्धीहरु हिम्मत क्षेत्रीले १६८ मत र शशी राईले १५२ मत प्रप्त गरेका थिए ।

सचिव पदमा ५ जनाको उम्मेद्वारी परेको थियो ।

जसमा विशाल तामाङले १ सय ७४ मत ल्याई विजयी भएका छन् भने सूर्यप्रकाश उप्रेती र इन्द्रप्रकाश आङ्देम्बेको १ सय ६४ मत बराबरी आएपछि विधान अनुसार गोलाप्रथाबाट आङ्देम्बे विजयी भएको निर्वाचन समितिले जनाएको छ ।

सचिवका अर्का प्रत्यासी नारायणबहादुर बस्नेतले १ सय ४६ र भेषराज ओलीले ४४ मत ल्याएका छन् ।

यस्तै सहसचिवमा विटु गुरुङले २ सय ५१ र दिलकुमारी श्रेष्ठले २ सय २८ मत ल्याएर निर्वाचित भएका छन् । सहसचिवका अर्का प्रत्यासी नरेन्द्र न्यौपानेले १ सय ८६ मत ल्याएका छन् ।

प्रदेश प्रतिनिधि महिलातर्फ करुणा रिजालले २ सय १९, राधिका गुरुङ २ सय ८ र लक्ष्मी अधिकारीले १ सय ८० मत ल्याएर निर्वाचित भएकी छन् । ३ पदका लागि भएको प्रदेश प्रतिनिधिमा भद्रमाया बस्नेतले १ सय ६७, शान्ति चौधरीले १ सय २५ र सीतादेवी कार्कीले १ सय ४ मत ल्याइन् ।

खुला खस आयतर्फ केदारनाथ निरौलाले १ सय ८६ र युद्धराज ओली २ सय ७ मत ल्याएर विजयी भएका छन् ।

प्रत्यासी धर्मानन्द खनालले १ सय ७५ र लालबहादुर सिंह ठकुरीले ८९ मत प्राप्त गरेका छन् ।

प्रदेश खुलातर्फ रुपसागर अधिकारी २ सय १८, हरिप्रसाद अधिकारी १ सय ९४, कुमार बुढाथोकी १ सय ९५, दिलिप सुवेदी १ सय ७२, रविन काफ्ले १ सय ५५, राजकुमारी कार्कीले १ सय ६१ र रविन भट्टराई १ सय २८ मत ल्याई विजयी भएका छन् । ७ पदका लागि भएको निर्वाचनमा १९ जना चुनावी मैदानमा थिए ।

आदिवासी जनजाति खुलातर्फ सिद्धिविक्रम नेम्बाङले २ सय ६६ मत ल्याई विजयी भएका छन् ।

यस्तै निमा लामा १ सय ६५ मत ल्याई निर्वाचित भएका छन् । सो पदका प्रत्यासी प्रकाश कन्दङ्वा लिम्बुले १ सय ४६ र मिलन राईले ९८ मत ल्याएका छन् । ३ सय ८४ मतदाता संख्या रहेको प्रदेश ‘क’ मा ३ सय ७७ जनाले मतदान गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु