सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसरमा प्रदेश १ स्तरीय कार्यक्रम

2021-11-20 मा प्रकाशित

मेचीनगर,४ मंसिर । भगवान सत्य साई बाबाको ९६ औँ जन्म उत्सवको अवसर पारेर सत्यसाई सेवा संगठनले ५ दिवशिय विभिन्न कार्यक्रम गरिरहेको छ । संगठनले शनिवार प्रदेश १ स्तरीय युवा कार्यक्रम सम्पन्न गरेको छ ।
मेचीनगर –१३ चारआली स्थित पाउपाथीभराको परिसरमा आयोजित कार्यक्रममा प्रदेश –१ का २० वटा केन्द्र तथा भजन समूहका साईरामहरुको सहभागिता रहेको थियो । राष्ट्रिय सेवा विस्तार उप संयोजक गोपाल खत्री, पूर्व प्रदेश अध्यक्ष केशव गुरागाँई र झापाको सवै भन्दा पुरानो केन्द्रकी संस्थापक अध्यक्ष मिरा प्रधानले दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । सो अवसरमा सहभागिहरुले भगवान साईरामको तस्विरमा पुष्प गुच्छा अर्पण गरेका थिए ।

कार्यक्रममा एकल तथा सामुहिक धार्मिक नृत्य, भजन, गायन, कविता बाचन लगायत रोचक प्रस्तुती रहेको थियो । कार्यक्रमको सुरुमा ११ जनाले आधाघण्टा सम्म बेदपाठ गरेका थिए । इष्ट होराइजनको बालविकासका बिद्यार्थीहरुको गणेश नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो ।
शुक्रवारबाट विषयगत विभाग अन्तर्गत आ–आफ्नै केन्द्रमा कार्यक्रम सुरु गरिएको र यो अभियान ५ दिन सम्म चल्ने पूर्व प्रदेश अध्यक्ष केशव गुरागाँईले बताए । उनले भने– यो भगवानको उत्सवसँगै भक्त मिलन कार्यक्रम हो । भोलिदेखिका सवै कार्यक्रम स्थानीय केन्द्रहरुमै हुँने आयोजकले जनाएको छ ।

प्रदेश १ का अध्यक्ष साईराम कविन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश १ शिक्षा संयोजक विजय दंगाल, पुनम यादव र विजयता शर्माले संयुक्त रुपमा गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु