म्याराथुन दौडको उपाधि किरण लिम्बु र भवानी कामतीलाई

2021-11-20 मा प्रकाशित

काँकरभिट्टा, ४ मंसिर । मेचीनगरमा शनिबार सम्पन्न खुल्ला म्याराथुन दौड प्रतियोगिता पुरुषतर्फ सुनसरी स्थित धरान–१५ का किरण लिम्बु र महिलातर्फको मेचीनगरकी भवानी कामती प्रथम भएकी छन् ।
चारआली स्थित शहीद दशरथ चन्द माध्यमिक विद्यालयदेखि काँकरभिट्टासम्मको १३ किलो मिटरको दुरी लिम्बुले ३७ मिनेट ४१ सेकेण्डमा पार गरेर पूरषतर्फ प्रथम भएका थिए ।

यसैगरी नै महिलातर्फ कामतीले ४९ मिनेट १४ सेकेण्डमा दुरी पार गरेर प्रथम थिइन् । लिम्बु र कामतीले जनहीे १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

यसैगरी पुरुषतर्फ मोरङ मधुमल्लाका याङदेव राईले ३८ मिनेट ४० सेकेण्डमा निर्धारीत दूरी पार गदैं दोस्रो भए भने मेचीनगरका कृष्ण अधिकारीले ३९ मिनेट ४२ सेकेण्डमा दुरी पार गरेर तेस्रो भएका थिए ।

यता महिलातर्फ झापा मेचीनगरकी मुनिका घलले ५३ मिनेट २ सेकेण्डमा दुरी पार गदैं दोस्रो तथा भद्रपुरकी सुष्मिता राईले ५३ मिनेट ४२ सेकेण्डमा दुरी पार गरेर तेस्रो भएकी थिइन् ।

दोस्रो तथा तेस्रो हुने महिला तथा पुरुष धावकहरुले ७ हजार र ५ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेका थिए ।

चौथो देखि दशौँ स्थान प्राप्त प्रतिगोगिताका धावकले जनही एक हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।

प्रतिगोगितामा सहभागी सवैलाई मेचीनगर नगरप्रमुख विमल आचार्य, आयोजक रोटरी क्लब मेचीनगरका ‘प्रेसिडेन्ट’ किशोर क्षेत्री ९कपिल० ले रकम हस्तान्तरण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु