जेसीज सप्ताह सम्पन्न

2021-11-20 मा प्रकाशित

बाहुनडाँगी, ४ मंसिर । बाहुनडाँगी जेसीजले आयोजना गरेको यस वर्षको जेसीज सप्ताह सम्पन्न भएको छ ।
शनिवार भानु मावि भृकुटीमा आयोजना गरिएको मैत्रीपूर्ण खेलसँगै जेसीज सप्ताह सम्पन्न भएको हो । मैत्रीपूर्ण फुटबलमा बाहुनडाँगी जेसीज र मेचीनगर प्रेस क्लब तथा बाहुण्डाँगी युवा क्लब र फाइव स्टार युवा क्लब भृकुटीबिच मैत्री पूर्ण फुटबलको आयोजना गरिएको थियो ।

जेसीज र पत्रकारबीचको खेलमा बाहुनडाँगी जेसीजको टिम २–० गोलले विजयी भएको थियो । जेसीजका तर्फबाट विशाल तामाङले दुई गोल गरेका थिए ।

यसैगरी बाहुनडाँगी र फाइब स्टारबिचको खेलमा बाहुनडाँगी युवा क्लब २–० ले विजयी भएको थियो । बाहुनडाँगीका तर्फबाट रिक्कि प्रधान र आदित्य कार्कीले गोल गरेका थिए ।विजेता टिमलाई मेडल र ट्रर्फी प्रधान गरिएको थियो ।

बाहुनडाँगी जेसीजका अध्यक्ष दिपक बरालको सभापतित्व तथा मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाका पूर्व अध्यक्षहरु बद्री निरौला, उत्तम सिठुङ, पुष्कर ढकाल, कञ्चन उप्रेती, २०२० का अध्यक्ष सागर कार्की, फाइव स्टार युथ क्लबका अध्यक्ष गोपी रिजाल, प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेती, प्रेस सेन्टर झापाका अध्यक्ष झुलन रेग्मी लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम संयोजक नित्यानन्द चम्लगाईको स्वागत रहेको कार्यक्रमको आस्थापाठ सुपेक्षा खड्का र सञ्चालन हेमन्त मोक्तानले गरेका थिए ।कात्तिक २८ गतेबाट सुरु भएको सप्ताह विभिन्न कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु