आधुनिक बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

2021-11-23 मा प्रकाशित

मेचीनगर, ७ मंसिर । आधुनिक बचत तथा ऋण सहकारी संस्था लि।९आबस० को १० औं वार्षिक साधारण सभा काँकरभिट्टामा मंगलबार सम्पन्न भएको छ ।
काँकरभिट्टा खानेपानी संस्थाको सभा हलमा आयोजित सभाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले गरेका थिए ।

प्रमुख अतिथि आचार्य, विशिष्ट अतिथिहरु समाजसेवी डिल्लीराम घिमिरे, महेन्द्रद्धार सहकारी संस्थाका अध्यक्ष राजकुमार दाहाल ९राजु०, अतिथि संस्थाका सल्लाहकार सदस्य माधव अर्याल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष मेदनीप्रसाद खरेल, सहसचिव भूपाल ओली, कोषाध्यक्ष युवराज भट्टराई, सञ्चालक समिति सदस्यहरु खगेन्द्रप्रसाद उप्रेती, कृष्णराज पौडेल, भीमप्रसाद लम्साल, रामबहादुर तामाङ लगायतको आतिथ्यता रहेको थियो ।

आबसका अध्यक्ष अंगतबहादुर थापाद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन र लेखा समिति संयोजक महतलाल सिंह राजवंशीद्धारा प्रस्तुत लेखा प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।संस्थाको स्थापनादेखि महत्वपूर्ण योगदान पुर्याएका ४८ जना संस्थापक सदस्यहरुलाई खादा ओढाएर करुवा प्रदान गरी सम्मान गरिएको संस्थाले जनाएको छ । सभामा विभिन्न विधाका १२ जनालाई सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा वर्ष उत्कृष्ट बचत कर्तातर्फ संस्थाको भृकुटी सम्पर्क कार्यालयबाट रेवती जोगी, बिर्तामोडबाट हेमचन्द्र सुवेदी, भद्रपुरबाट मनिषकुमार उपाध्याय र काँकरभिट्टाबाट नरबहादुर थापा क्षेत्री छन् ।त्यस्तै, वर्ष उत्कृष्ट ऋणीतर्फ भृकुटीबाट पुनम बराइली, बिर्तामोडबाट गजेन्द्रकुमारी राई, काँकरभिट्टाबाट वर्षा तामाङ र भद्रपुरबाट सनम राई छन् ।

कार्यक्रममा ज्येष्ठ सदस्यतर्फ यामनाथ प्रसाईं र दुर्गाबहादुर तामाङलाई सम्मान गरेको संस्थाले कर्मचारीतर्फ भृकुटी कार्यालय प्रमुख पवित्रा थापा ९खड्का० र बजार प्रतिनिधि राजकुमारी राईलाई सम्मान गरेको छ ।संस्थाका अध्यक्ष अंगतबहादुर थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमकोे सञ्चालन संस्थाका सचिव कमल थापा र व्यवस्थापक पारस ओलीले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु