देही आर्ट ग्यालेरीले ३ दिने चित्रकला प्रदर्शनी गर्ने

2021-11-30 मा प्रकाशित

काँकरभिट्टा,१४ मंसिर÷मेचीनगर –स्थित काँकरभिट्टामा रहेको देही आर्ट ग्यालेरीले यही मंसिर १६ देखि १८ गते सम्म तीन दिवशीय कला प्रदर्शनी द इम्प्रेसन्स ७ महापरिनिर्वाण आयोजना गर्ने भएको छ ।
नेपाली भूमिमा जन्मिएका भगवान गौतम बुद्घको दर्शनलाई आत्मसाथ गर्दै आम नेपाली समुदायलाई गौतम बुद्घको दर्शनको बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा उनै भगवान गौतम बुद्घको दर्शनमा आधारित कला प्रदर्शनी गर्न लागिएको आयोजक संस्थाका सञ्चालक छितेन शेर्पाले बताए ।


प्रदर्शनीमा भगवान बुद्घको २० बाई ६ फुटको क्यानभाष तथा बिभिन्न २० वटा अन्य चित्रहरु समेत राखिने उनको भनाइ छ ।
कार्यक्रममा प्रदेश नम्बर –१ का १५ जना कलाकारहरुले कार्यशाला गरी जलरंग चित्र बनाउने भएका छन् । स्थानीय श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुँने प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको आयोजक संस्थाले जनाएको छ । पहिलो दिनको उद्घाटन कार्यक्रम सँगै देही आर्टका मुख्य पात्र कलाकार छितेन शेर्पाले ‘भन्ते र भिक्खा’ शिर्षकमा पर्फमेन्स आर्ट गर्ने छन् । उक्त आर्ट तीन दिन सम्म राखिने भएको छ । उद्घाटन सत्रको साँझ ‘संग्स अफ फिलोसफी ’नामक अनप्लग्ड सांगीतिक कार्यक्रम हुने पत्रकार सम्मेलनमा शेर्पाले बताए । उद्घाटनको दोस्रो दिन स्थानीय विद्यालयका विद्यार्थीहरुलाई चित्तकला सम्बन्धी कार्यशाला तथा नन्र्तक्रियाको कार्यक्रम रहेको छ । भने तेस्रो दिन बिभिन्न कार्यशाला सहित कार्यक्रम सम्पन्न हुँने भएको छ । कार्यक्रममा ५ हजार बढी दर्शकहरुले अवलोकन गर्नै आयोजकले जनाएको छ । प्रदर्शनीमा राखिने उक्त क्यानभाषको चित्र देही आर्टका कलाकारहरु छितेन शेर्पा, तुलसी श्रेष्ठ, विष्णु लिम्बू , विनोद राजवंशी, सविन सुनुवार, रोषन सुब्बा, रिता राई , मौलिक लिम्बू, सुशील राई , अभिषेक प्रधान लगायतले निर्माण गरेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु