प्रदेश प्रमुख खापुङ भोलि मेचीनगर आउने

2021-11-30 मा प्रकाशित

काँकरभिट्टा, १४ मंसिर । प्रदेश एकका प्रमुख परशुराम खापुङ भोलि बुधबार मेचीनगर आउने भएका छन् ।
काँकरभिट्टा स्थित महेन्द्रद्वार सहकारी संस्थाको ३२ औँ वार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा प्रदेश प्रमुख खापुङ आउने भएका हुन् ।

केहीदिन अघिमात्र संस्थाका अध्यक्ष दाहाल, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङको टोली प्रदेश प्रमुखको कार्यालय पुगेर साधारण सभाको प्रमुख अतिथिका लागि निमन्त्रणा गरेका थिए ।

निमन्त्रणा स्वीकार गरेर प्रदेश प्रमुख खापुङ पहिलो पटक मेचीनगर आउने भएका हुन् ।

सत्तारूढ दलहरूको भाग बण्डामा प्रदेश नम्बर १ मा जनता समाजवादी पार्टीबाट केन्द्रिय कार्यकारिणी सदस्य खापुङ प्रदेश प्रमुख भएका हुन् ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु