भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट

2021-12-02 मा प्रकाशित

झापा, १६ मंसिर । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका दुई जना संक्रमित भेटिएका छन् ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लभ अग्रवालले कर्नाटकमा दुई जना ओमिक्रोनका संक्रमित भेटिएको बताएका हुन् ।

६६ वर्ष र ४० वर्षका दुई जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । ‘हालसम्म भारतमा यो भेरियन्टबाट दुई जना संक्रमित भएको पुष्टि भएको छ’, अग्रवालले भने, ‘दुवै संक्रमित कर्नाटकका हुन् ।’

योसँगै ओमिक्रोन भेरियन्ट २६ मुलुकमा फैलिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु