एकीकृत समाजबादीका अध्यक्ष नेपाल आज झापा आउदैं

2021-12-06 मा प्रकाशित

झापा । नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजबादी० का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज झापा आउने भएका छन् ।

समाजबादी निकट नेपाल खेलकुद महासघ १ नम्बर प्रदेश कमिटीको आयोजनामा दमकमा आयोजित प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न नेपाल झापा आउने भएका नेपाल खेलकुद महासंघ प्रदेश १ कमिटी अध्यक्ष शंकर थापाले बताए ।आइतबार नेपाल खेलकुद महासंघ समाजवादी १ नं प्रदेश कमिटी ले दमकमा पत्रकार सम्वेलन गरेर कार्यक्रमको बारेमा जानकारी दिएको थियो ।

महासंघका प्रदेश कमिटी अध्यक्ष शंकर थापाको सभापतित्व रहेको कार्यक्रममा उनले प्रदेश १ का सवै जिल्लामा खेलकुद समिति गठन भईसकेको बताए । थापाले आज हुँने कार्यक्रममा बिभिन्न खेलकुदका कार्यक्रम आयोजना हुने बताए ।सो अवसरमा पार्टीका केन्द्रिय सदस्य निलमणि बराल, हंश राज वाग्ले प्रदेश सदस्य केन्द्र प्रसाई , झापा प्रचार बिभाग प्रमुख तीर्थ सिग्देल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन धर्म सिवाकोटीले गरेका थिए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लासमेत रहेको झापामा पछिल्लो समय एकीकृत समाजबादीले आफ्नो गतिविधिलाई तिब्रता दिइरहेको छ । कम्यूनिष्टको उर्भर भूमिको रुपमा रहेको झापामा एमालेसंग छुट्टिएर नयाँ पार्टी बनेको समाजबादीले पछिल्लो समय जिल्लासंगै पालिका स्तरिय कमिटि गठन तथा कार्यकर्ता प्रशिक्षणलगायतका कार्यक्रमहरु धमाधम गर्दै आईरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु