काँकरभिट्टामा १ महिने योग सम्बन्धी प्रयोगात्मक कक्षा सुरु

2021-12-11 मा प्रकाशित

काँकरभिट्टा,२५ मंसिर । पतञ्जल योग समिति नेपाल प्रदेश नम्बर १ को आयोजनामा शनिबारदेखि मेचीनगर स्थित काँकरभिट्टामा १ महिने प्रयोगातमक कक्षा सुरु भएको छ ।
काँकरभिट्टा क्याम्पसको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख लक्ष्मी प्रसाद उप्रेतीले गरेका थिए । पतञ्जल योग समिति नेपालका केन्द्रिय सदस्य जीपी तिवारीको सभापतित्वमा आयोजित उद्घाटन् कार्यक्रममा सहभागिहरुलाई प्रमुख प्रशिक्षक गंगा प्रसाद ढकालले स्वास्थ्य जीवन जिउन योगले पुर्र्याउने फाईदाको बारेमा जानकारी गराएका थिए । प्रत्यक्ष कक्षा भएकोले प्रशिक्षक ढकालले योगका बिभिन्न विधि र यसका फाइदाको बारेमा जानकारी गराएका थिए ।

प्रशिक्षक ढकालले सहभागिहरुलाई भने , ‘तपाईहरु कार्यक्रममा सहभागि बन्नुहोस हामी तपाईहरुलाई स्वास्थ्य जीवन जिउने तरीका सिकाउँछौँ’
उद्घाटन् कार्याक्रममा स्थानीय ६० जनाले सहभागिता जनाएका थिए । योग समितिले विगत ५ महिनादेखि सिटिइभिटिसँग सहकार्यगरेर देशभर अनलाइन कक्षा सञ्चालन गरिरहेको र सोही भर्चुअल कक्षालाई प्रयोगगात्मक रुपमा सम्पन्न गर्न १०० घण्टे प्रयोगात्कम कक्षा सुरु गरिएको पतञ्जल योग समितिकी प्रदेश १ की कोषाध्यक्ष अनिता गुरागाँईले जानकारी दिइन् ।

आयोजकले भोली बिहान ५ बजेदेखि हरेक दिन ६ः३० बजेसम्म योगसम्बन्धी प्रयोगात्मक कक्षा सञ्चालन गर्ने जनाएको छ । प्रशिक्षण कार्यक्रममा सहभागिहरुलाई योग समितिकी नगर सदस्य कोपिला दाहाल, रेखा पराजुली र प्रदेश १की कोषाध्यक्ष अनिता गुरागाँईले प्रशिक्षण दिने भएका छन् । उद्घाटन् कार्यक्रममा स्वागत रेखा पराजुलीले र सञ्चालन अनिता गुरागाँईले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु