सक्रिय राजनीतिमा प्रवेश गरेपछि पत्रकार हुमागाईंले त्यागे महासंघको पदीय जिम्मेवारी

2021-12-19 मा प्रकाशित

विर्तामोड, ४ पुस । नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष कृष्ण हुँमागाईले नेपाली कांग्रेसको झापा जिल्ला सचिव निर्वाचित भएपछि महासंघको जिम्मेवारी त्यागेका छन् ।

उनले आज पत्रकार महासंघको जिल्ला शाखाको सभाहलमा पत्रकार सम्मेलन गरी अब महासंघको कुनै पनि पदीय जिम्मेवारीमा नरहने घोषणा गरे । हुँमागाई नेपाल पत्रकार महासंघको वत्र्तमान राष्ट्रिय परिषद सदस्य ९केन्द्रीय प्रतिनिधि० हुन् भने उनी जिल्लामा महासंघको भवन निर्माण समितिका समेत सदस्य थिए ।

आफु पत्रकारिताबाट टाढिएको नभई सक्रिय राजनीतिमा गएको कारण दोहोरो जिम्मेवारीमा बस्न नचाहेरै महासंघका सबै पदीय जिम्मेवारी त्यागेको उनले बताए ।

२०४५ सालबाट पत्रकारिता पेशामा सक्रिय उनले निष्ठापूर्वक अब समाज रुपान्तरणका लागि राजनीतिक गतिविधिमा लाग्ने बताए ।पत्रकारितामा रहँदा आफुलाई मार्गदर्शन गर्ने अग्रज र साथ दिने सबै पत्रकारहरुप्रति आभार व्यक्त गर्दै उनले आगामी दिनमा पनि पत्रकार महासंघलाई सक्दो सहयोग पुर्याउने प्रतिबद्धता जनाए ।

उनले महासंघको साधारण सदस्यता कामयै राखेका छन् । आफुले सम्पादन गर्दै आएको जय लोकतन्त्र साप्ताहिकमा समेत आफु अब प्रकाशकको रुपमा मात्र रहने जानकारी दिए । जय लोकतन्त्रको सम्पादकमा सुशिला संग्रौला रहने भएकी छन् ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पूर्व महासचिव चन्द्र भण्डारी, पूर्व जिल्ला सचिव लोकराज ढकाल, पूर्व केन्द्रीय सदस्य मोहन काजी, प्रादेशिक सञ्चार प्रतिष्ठानका पूर्व सदस्य गोपाल काफ्ले, जिल्ला उपाध्याक्ष केशव भट्टराई, नेपाल प्रेस युनियन झापाकी अध्यक्ष इन्दु पूर्वेली लगायतको उपस्थिति रहेको थियो ।

पूर्व महासचिव भण्डारीले राजनीतिक दलको नेतृत्व तहमा निर्वाचित भएर राजनीतिमा सक्रिय भएपछि महासंघको पदीय जिम्मेवारी त्यागेर पत्रकार हुमागाईले नैतिकताको उदाहरण प्रस्तुत गरेको धारणा व्यक्त गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु