रोशालाई भोट दिएर जिताउन परिवारको आग्रह

2021-12-28 मा प्रकाशित

मेचीनगर । सारेगमप लिटिल च्याम्प्सको धमाकेदार प्रस्तुती दिदैं भोटिङ राउण्ड टप ९ पुग्न सफल भईसकेकी झापाली चेली रोशा फुयालले अहिले सबैको ध्यान खिचेकी छिन् । सुरिलो स्वरकी धनी झापा मेचीनगर– ८ निवासी फुयालले प्रतियोगिताा सबैभन्दा बढी ब्लकबस्टर प्रफमेन्स दिएसंगै चर्चा एकाएक चुलिएको हो ।

उपाधि दाबेदार फुयाललाई आफ्नो प्रतिभा संगै अहिले भोटको पनि आवश्यक रहेका हुँदा जिताउन भोट गरिदिन परिवारको आग्रह छ ।मेचीनगर ८ का वडा अध्यक्ष बिकेन्द्र धिमालको संयोजकत्वमा रोशा जिताऔं अभियान गठन भएको छ । जसमा काँग्रेसका मेचीनगर ८ का सभापति गिरीराज धमला सहसंयोजक र एमाले मेचीनगर ८ का अध्यक्ष बिष्णु भट्टराई सचिव रहनु भएको छ ।

समितिले रोशा फुयललाई प्रथम स्थानसम्म पुर्याउनका लागि मेचीनगरको इटाभट्टा चोकमा अभियानको सम्पर्क केन्द्र समेत स्थापना गरेको छ । जसबाट फुयललाई भोट गर्न आम सर्बसाधारणलाई अपिल गरिनेछ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु