पशुपति आधारभुत विद्यालयमा तिम्सिना परिवारको सहयोग

2021-12-28 मा प्रकाशित

कनकाई ÷ बाह्रदशी—७ स्थित पशुपति आधारभुत विद्यालयको शैक्षिक स्तर वृद्धिकालागि सुरुङ्गाका एक तिम्सिना परिवारले शैक्षिक सामाग्री सहयोग गरेका छन् ।

वि.सं.२०२१ मा स्थापना भएको यस विद्यालयका संस्थापक सेक्रेटरी अभिनारायण तिम्सिनाका छोरा कनकाई—३, सुरुङ्गा निवासी नरप्रसाद र नाती प्रविण तिम्सिनाका तर्फबाट विद्यालयकालागि अत्यन्तै उपयोगी सामाग्री हस्तान्तरण भएको हो । विद्यालयमा आयोजित एक संक्षिप्त कार्यक्रमका बीच दाता परिवारका तर्फबाट नरप्रसाद र प्रविण तिम्सिनाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिना र प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीलाई एकैसाथ सामाग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका सभापति साथै विभिन्न सामाजिक संघसंस्थाको नेतृत्व तहमा रहेका युवा सामाजिक अभियन्ता प्रविण तिम्सिनाका साथमा बुबा नरप्रसाद तिम्सिनासहितका दाता परिवारका तर्फबाट विद्यालयलाई एक थान रंगिन प्रिन्टर र एक थान वाटर डिस्पेन्सर हस्तान्तरण गरेको बताइएको छ । विद्यालयका विद्यार्थी साथै शिक्षक शिक्षिकालाई आवश्यक्ता अनुसारको चिसो तातो पिउने पानीकालागि वाटर डिस्पेन्सर अति उपयोगी हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिनाले बताए । दाताको सहयोगले विद्यालय परिवारलाई थप उत्साह जगाएको अध्यक्ष तिम्सिनाको ठहर छ।

पशुपति आधारभुत विद्यालयमा कक्षा ५ सम्म अध्ययन गरेका प्रविणले वाल्यकालको शिक्षण कार्यमा आफूले भोगेको कष्टकर जीवनलाई स्मरण गर्दै विद्यालयलाई केही सहज होस् भन्ने उद्येश्यका साथ सामाग्री हस्तान्तरण गरेको बताए । आफूले वाल्यकालमा साँवा अक्षर चिनेको विद्यालयलाई हाल सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउँने प्रविणले यस अघि पनि विद्यालयलाई कम्प्युटर, विद्यार्थीहरुलाई न्यानो कपडा लगायतका अन्य शैक्षिक सामाग्री वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गुणप्रसाद तिम्सिनाको सभापतित्व एवम् प्रधानाध्यापक प्रेमप्रसाद भण्डारीले संचालन गरेको औपचारीक कार्यक्रमका अवसरमा विद्यालयबाट सेवा निवृत्त भएका शिक्षक कुलबहादुर बस्नेत र विद्यालय सहयोगी फत्तेबहादुर खड्काको भावी जीवनको सफलताको कामना गरीएको थियो । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष रुद्रप्रसाद शिवाकोटी, व्यवस्थापन समितिका सदस्य खगेन्द्र घिमिरे, मनमाया रम्तेल, अक्षयकोष दाता धनपति पाण्डे,व्यवस्थापन समितिका पूर्व सदस्य सूर्यवहादुर दर्जी लगायतको उपस्थिती रहेको थियो ।

 

 

 

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु