काँकरभिट्टा बहुमुखी क्याम्पसको वार्षिकोत्सव सम्पन्न , अध्यक्षमा पुनः थापा

2021-12-29 मा प्रकाशित

काँकरभिट्टा । काँकरभिट्टा बहुमुखी क्याम्पसको चौथो क्याम्पस सभा एवम् २३ औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको छ । वुधवार विविध कार्यक्रमका साथ गरि चौथो क्याम्पस सभा एवम् २३ औँ वार्षिकोत्सव तथा स्थापना दिवस सम्पन्न भएको हो ।

क्याम्पस सभाले विविध प्रतिवेदन माथि छलफल गरिएको थियो । सञ्चालक समितिको प्रतिवेदन क्याम्पस सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटीले प्रस्तुत गरेका थिए । सामाजिक परीक्षण समितिको प्रतिवेदन सामाजिक परीक्षण समितिका सदस्य हेमा सिटौलाले, आर्थिक वर्ष २०७७÷०७८ लेखा परीक्षण प्रतिवेदन सहायक क्याम्पस प्रमुख बासुदेव कोइरालाले, आर्थिक वर्ष २०७८÷०७९ बजेट तथा कार्यक्रम सदस्य भगिरथ भण्डारीले प्रस्तुत गरेका थिए । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले क्याम्पस विधान संशोधन प्रस्ताव तथा सञ्चालक दिलीपजंग सुब्बाले क्याम्पसको रणनीतिक योजना प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर विमल आचार्य र विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । समितिका अध्यक्ष कमल थापाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा विभिन्न विधमा विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । आन्तरिक कविता प्रतियोगितातर्फ विएड तेस्रो वर्षमा अध्ययनरत मीना गिरी, विविएस प्रथम वर्षमा अध्ययनरत सञ्जोग खनाल र विएड तेस्रो वर्षमा अध्ययनरत रेजिना राई क्रमस प्रथम, दोस्रो र तेस्रो घोषित भए । विएड तेस्रो वर्षमा अध्ययनरत मालती सतारले सान्तवना स्थान हासिल गरे । सोहि अवसरमा १९ वर्ष मूनिको महिला राष्ट्रिय फूटबल खेलाडी विविएस दोस्रो वर्षमा अध्ययनरत अंकिता राईलाई सम्मान गरिएकोे थियो ।

अन्तर माध्यमिक विद्यालयतर्फ वक्तृत्वकला प्रतियोगतामा धुलावारी माविकी प्रेरणा श्रेष्ठ, होलीवेल माविका सेविस निरौला र हिमालयन माविका रोश्ना नेपाल क्रमस प्रथम, दोस्रो र तेस्रो भए । विजयी विद्यार्थीहरुलाई क्रमस १ हजार ५ सय, १ हजार २ सय र १ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । आन्तरिक क्रिकेट प्रतियोगिता तर्फ विजयी हुने विविएस र उपविजेता विएडलाई मेडल तथा प्रमाण पत्र प्रदान गरियो ।

अन्तर माध्यमिक विद्यालयस्तरीय नृत्य प्रतियोगितामा होलीबेल मा.वि. धुलबारी प्रथम, काँकरभिट्टा मा.वि. काँकरभिट्टा द्वितीय र धुलाबारी मा.वि. धुलाबारी तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई १० हजार, ७ हजार ५ सय र ५ हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्रमुख अतिथि विमल आचार्य ज्यूले वितरण गरेका थिए ।

शैक्षिक पुरस्कारतर्फ प्रथम वर्षको भर्ना उच्च अंक प्राप्त गर्ने विएडतर्फ शरदचन्द्र माझी र विविएसतर्फ विन्द्रा प्रधानलाई प्रदान गरिएको थियो । वीवीएस प्रथम वर्ष उत्कृष्ट अस्मिता रजक, दोस्रो वर्ष उत्कृष्ट दीपा पोखरेल, वीएड प्रथम वर्ष उत्कृष्ट सेजल चौहान दोस्रो वर्ष मनिषा वेगम र वीएड तेस्रो वर्ष रेजिना राईलाई आन्तरिक परीक्षा २०७८ घोषित भए । कार्यक्रममा क्याम्पसकातर्फबाट अप्रतियोगि नृत्य तथा प्रतियोगितात्मक नृत्य प्रस्तुत गरिएको थियो ।

क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेती र अतिरिक्त क्रियाकलाप विभागका संयोजक लम्बोदर पौडेलले संयुक्तरुपमा सञ्चालन गरेका कार्यक्रममा प्रमुख अतिथि मेयर आचार्य, विशिष्ट अतिथी उपमेयर उप्रेती, वडा नम्बर ४ का अध्यक्ष नबिन बराल, नेपाल बहुउद्घेश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, जनता समाजवादी पार्टी नेपाल मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ, सञ्चालक सदस्य सुशील आचार्य , धुलाबारी क्याम्पसका क्याम्पस प्रमुख पुष्पराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले गरेका थिए ।

साँस्कृतिक कार्यक्रमसहित विभिन्न जातजातिको पहिचान झल्किने खालका गीत र नृत्य प्रस्तुत गरिएको थियो । सो अबसरमा क्याम्पसले प्रकाशन गरेको क्याम्पस दर्पणको विमोचन गरिएको थियो । पुस्तकमा विद्यार्थीहरुका लेख, रचना, अध्यापकहरुका रचना क्याम्पसको संक्षिप्त चिनारी र भावी योजनाहरु समेटेर पहिलो पटक प्रकाशन गरेको सम्पादक हेमकुमार खड्काले जानकारी दिए ।
क्याम्पस सभाले सञ्चालक समितिको अध्यक्षमा पुनः कमलगापालई सर्वसम्त चयन गरेको छ । थापालाई अध्यक्ष चयन गर्दै १५ सदस्यीय समिति गठन भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु