खरेलले भेटे १९२ बर्ष पछि दुर्लभ चरा ‘हङरायो’

2021-12-31 मा प्रकाशित

काकरभिट्टा । विगत ५ वर्ष देखि निरन्तर चराको खोज र अनुसन्धानमा जुटेका मेचीनगर ७ निवासी देवेन्द्र खरेलले नेपालमा सबैभन्दा धेरै र दुर्लभ चरा पाइने स्थान झापाको मेचीनगर क्षेत्र भएको बताएका छन् ।

मेचीनगरमा दुर्लभ चराहरु रहेकोले यसलाई चरामार्न निशेधित क्षेत्र घोषण गर्नु पर्ने उनले बताए । नेपालमा लोप भएको भनिएको ‘हङरायो’ चरा पुस ६ गते फेला पार्नु सफल भएका खरेलले चराको महत्व र यसको संरक्षणको बिषयमा जनाकारी दिने उद्देश्यले बिहीवार आयोजित पत्रकार सम्वेलनमा उनले सो कुरा बताएका हुन् ।

चरा संरक्षणमा नगरको ध्यान अझै जान नसकेको बतउँदै खरेलले नेपालमा पाइने ८८७ प्रजातिका चरा मध्ये मेचीनगरमा मात्रै करीब ३०० प्रजातिका चरा पाइने र यो नगरकैलागि गौरवको विषय भएको बताए । उनले भने ‘मैले ३०० प्रजातिका चराको फोटो मेचीनगरमा खिचिसकेको छु । नेपाल र भारतमा गरी हालसम्म ४०० प्रजातिका चराको फोटो खिचेको उनले बताए ।

उनले भने, मेचीनगरलाई चरा पर्यटनसंग जोड्ने हो भने नगरको भरपर्दाै आम्दानीको श्रोत बन्छ ।चरालाई विदेशी पैसा भित्र्याउने प्रमुख स्रोतको रुपमा विकास गर्न सकिने उनको भनाई थियो ।


नेपालमा लोप भएको भनिएको ‘हङरायो’ चरा मेचीनगर ७ निवासी देवेन्द्र खरेलले फेला पारेका छन् । दुर्लभ मानिएको रुफोस नेक्ट हर्नविल नेपाली नाम ‘हङरायो’ चरालाई इलामको सुर्योदय नगरपालिका वडा नं। १ स्थीत सिमधाममा खरेलले पुष ६ गते भेटेर फोटो खिच्न सफल भएका छन् ।
पूर्वी नेपालमा प्रचलित ‘हाङ्ग्रोले पाँङ्ग्रो खाए जस्तो’ भन्ने उखान पनि यही चराकै कारण आएकोले पनि पूर्वी नेपालमा ‘हङरायो’ चरा भेटिन्छ भनेर चराविद कमल मादेनले त्यसको खोजी गर्न पटक पटक आग्रह गर्नु भएकोले आफू निरन्तर चराको खोजिमा निस्कने गरेको खरेल बताए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु