लंकाशनी महिला समृद्घि वहुउद्देश्यीय सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा

2021-12-31 मा प्रकाशित

धुलाबारी । मेचीनगर १० स्थित लंकाशनी महिला समृद्घि वहुउद्देश्यीय सहकारी संस्थाको आठौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सहकारी संस्थाकी अध्यक्ष रुपा पौडेलको सभापतित्व तथा मेचीनगर उपप्रमुख मीना पोख्रेल उपे्रतीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा प्रमुख अतिथि उप्रेतीले सदस्यहरुको जीवन स्तर उकास्ने भरपर्दाे माध्यम सहकारी भएको बताइन् । सहकारीको माध्यमबाट व्यवसायिक कृषि उत्पादनमा युवाहरुको सक्रियता बढेको बताउँदै उपप्रमुख उप्रेतीले दिगो विकास र समृद्घि सहकारीबाट मात्र सम्भव हुने बताइन् । सहकारी नाफा मुलक संस्था नभएकोले सदस्यहरुको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा सुधार हुनेगरी सहकारीले कार्यक्रम ल्याउनु पर्ने र सदस्यहरुले समेत आफ्नो सहकारी प्रति इमान्दार भएर कारोबार गर्नुपर्ने उनको भनाई थियो ।

झापामा हाल ५ सय सहकारी र करिव ५ लाख बढी सहकारी कर्मी रहेको बताउँदै उनले एक सहकारी एक सदस्य नीतिलाई कार्यान्वयन गर्नु पर्ने बताइन् । कार्यक्रमकै अवसरमा सहकारीले हालै निर्माण सम्पन्न गरेको तोरी पेल्ने तथा पिसानी मिलको समेत उद्घाटन् गरिएको छ । सो मिलको उद्घाटन् प्रमुख अतिथि उप्रेतीले रिविन काटेर विधिवत रुपमा गरेकी थिइन् । कार्यक्रममा मेचीनगर १० का वडाध्यक्ष सुवेश कुमार पनेरु, समाजेवी मोहन दाहाल लगायतले बोलेका थिए । कार्यक्रममा नयाँ बिहानी आमा समूहकी अध्यक्ष कमला बुढाथोकी, जनजाग्रिति भजन मण्डलीका अध्यक्ष महेन्द्र पौडेल, सहकारीका सल्लाकार संयोजक उमाकान्त पौडेल, लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उत्कृष्ट कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सहकारीले व्यवस्थापक बिमला बिष्टलाई नगद १५ हजार सहित खादार टीका लगाएर सम्मान गरेको छ । त्यसैगरी बजार व्यवस्थापक राधा सुवेदीलाई रु १० हजार नगद र दुर्गा दाहाललाई रु ५ हजार नगद सहित खादा र टीका लगाएर सम्मान गरिएको थियो कार्यक्रममा अध्यक्ष पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरिन् । २०७० सालमा स्थापना भएको सहकारीमा हाल २७५ शेयस सदस्य पुगेको र सहकारीले सदस्य संस्खा बृद्घि गर्न बिभिन्न सेवामुलक कार्यक्रम सञ्चालनको तयारी गरिरहेको र मिल निर्माणको लागि मेचीनगरपालिकाबाट रु ७ लाख प्राप्त भएको र संस्थाले थप ६लाख ५० हजार लगानी गरी कुल १३ लाख ५० हजारमा मिल सञ्चालनमा ल्याएको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
सहकारी संस्थाको शुक्रवार सम्पन्न आठौं वर्षिक साधारण सभामा मेचीनगर उपप्रमुख मीना उप्रेतीले रिविन काटेर सो मिलको विधिवत उद्घाटन् गरिन् । ऋण समिति संयोजक बाबुलाल राजवंशीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव बलराम चिमरियाले गरेका थिए ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु