मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्थाको वार्षिक साधारणसभा सम्पन्न

2022-01-10 मा प्रकाशित

मेचीनगर,२६ पुस । मेची मासु उत्पादक तथा उपभोक्ता सहकारी संस्था मेचीनगरको १४ औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष भगिरथ राईको सभापतित्व तथा मेचीनगर नगर प्रमुख बिमल आचार्यको प्रमुख आतिथ्य रहेको कार्यक्रममा प्रमुख अतिथि आचार्यले सहकारीहरु नाफामुखी भन्दा पनि सेवामुखी बन्नुपर्नेमा बताए । नेपालको आर्थिक पाटोलाई सहकारीले ठूलो टेवा पुर्याएको स्मरण गदैं नगर प्रमुख आचार्यले सरकारको तीन खम्बे अर्थनीति मध्ये सहकारी एउटा महत्वपूर्ण अंग भएको र देशलाई संमृद्धितर्फ अघि बढाउन सहकारीको विकल्प नभएको बताए ।
सो अवसरमा अध्यक्ष भगिरथ राईले अध्यक्षको प्रतिवेदन प्रस्तुत गरेका थिए ।


कार्यक्रममा सहकारीले पाँच जना ज्येष्ठ सदस्यहरुलाई ‘ज्येष्ठ सदस्य सम्मान २०७८’ प्रदान गरेको छ । यसरी सम्मानित हुने हरुमा झरसिहं कार्की, रेवकुमारी आचार्य, विष्णुमाया विश्वकर्मा, हरिप्रसाद प्रसाई र ठूली तामाङ रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि नगर प्रमुख आचार्य, विशिष्ट अतिथि संस्थापक अध्यक्ष नारायण प्रसाईले जनही नगद २ हजार रुपैयाँ, दोसल्लासहित सम्मान पत्र प्रदान गरेका थिए ।


कार्यक्रममा विशिष्ट अतिथि मेचीनगर नगरपालिकाका सहकारी विभाग प्रमुख दीपेन्द्र कार्कीले , संस्थापक अध्यक्ष प्रसाई मेचीनगर वडानम्बर ६ का वडा सदस्य सावित्रा ल्वागुन, मखमली बचत तथा ऋण सहकारी संस्थाका सीता गुरुङ, महेन्द्रद्वार सहकारी संस्थाका अध्यक्ष राजु दाहाल, काँकरभिट्टा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापा, काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव दिलीपजंग सुब्बालगायतले बोलेका थिए । भने बन्द सत्रको कार्यक्रममा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक दुर्गाबहादुर लुइटेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । उपाध्यक्ष राजकुमार पराजुलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन व्यवस्थापक अनिता गुराँगाईले गरेकी थिइन् ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु