खुसी र सुखी परिवार बिषयक एनएमसीको प्रशिक्षण

2022-01-17 मा प्रकाशित

बिर्तामोड । नेपाल बहुद्देश्यीय सहकारी संस्था( एनएमसी )अन्र्तगत रहेको युवा सरोकार उपसमितिको आयोजनामा सोमबार बिर्तामोडमा खुसी र सुखी परिवार बिषयक प्रशिक्षण सम्पन्न भएको छ ।
पछिल्लो समय समाजमा परिवार बीच बढ्दै गएको बिचलन, यसबाट पर्नसक्ने असर र परिवारलाई सन्तुलित राख्न खेल्नुपर्ने भूमिकाका बारेका कार्यक्रममका प्रमुख सहजकर्ता राजाबाबु शाहले प्रशिक्षण दिएका थिए ।
प्रमुख प्रशिक्षक शाहले परिवारलाई खुसी राख्न आफ्नो व्यवहारमा समेत परिवर्तन ल्याउनुपर्ने बताए । उनले जीवन सफल बनाउन खानपानमा समेत ध्यान दिनुपर्नै उनको भनाई थियो ।
युवा सरोकार उपसमितिका संयोजक एकेन्द्र उप्रेतीको सभापतित्व रहेको कार्यक्रममा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीले सहकारी संस्थाको हालको बित्तिय अवस्था र आगामी योजनाका बारेमा प्रकास पारेका थिए ।कार्यक्रममा झापा तथा इलामबाट समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनमा लेखा सुपरिवेक्षण समिति सदस्य रचना सेवेदी , टेकबहादुर कार्की,सहकारी संस्थाका सिइओ लक्ष्मी प्रसाद उप्रेतीले बोलेका थिए ।
उपसमितिकी सदस्य टिका पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सामुदायिक बिभाग प्रमुख हिरण कट्टेलले गरेकी थिइन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु