ओमिक्रोनको त्रास पूर्वी नाका काँकरभिट्टामा कडाई

2022-01-18 मा प्रकाशित

काँकरभिट्टा, ४ माघ । मेचीनगरमा ओमिक्रोन भेरियन्टको संक्रमणको दर बढ्न थालेपछि आजदेखि काँकरभिट्टा नाकामा आवतजावत गर्ने मानिसहरुमाथि कडाई गर्न थालिएको छ ।
आवश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने मानिसलाई रोक लगाइएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जाने व्यक्तिले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको टिकट अनिवार्य देखाएर मात्र भारत जान वा नेपाल आउन पाउने डीएसपी सुनिलसिंह दाहालले बताए ।

संक्रमण पुनः फैलिएका बेला नेपालतर्फ संक्रमण फैलिन नदिनका लागि चेकजाँच र आवतजावतमा कडाई गरिएको उनले बताए ।नेपाली र भारतीय नम्बर प्लेटका सिटी सफारी, मोटरसाइकल, अन्य सवारी साधन नेपाल भारत आवतजावत गरेका भए पनि मंगलबारदेखि निश्चित क्षेत्रसम्म मात्र सञ्चालन गर्न पाउने प्रहरीको भनाइ छ ।

स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न गराउन, मास्कको प्रयोग गन गराउन, सीमा नाकालाई व्यवस्थित गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु