नेपालमा कोरोना संक्रमण तीब्र बन्यो, २४ घन्टामा ११ हजार ३५२ संक्रमण पुष्टि, चारजनाको मृत्यु

2022-01-19 मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना संक्रमण तीब्र रुपमा फैलिन थालेको छ । पछिल्लो २४ घन्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै कोरोना संक्रमण भएको छ ।

कोरोनाबाट आज चारजनाले ज्यान गुमाएको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा देशभर ६ सय १३ संक्रमणमुक्त भएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु