एस मेचीनगर–६ को अध्यक्षमा ओमप्रकाश

2022-01-22 मा प्रकाशित

मेचीनगर, ८ माघ । एकिकृत समाजवादी पार्टी एस को मेचीनगर–६ को वडा अध्यक्षमा ओमप्रकाश दाहाल प्रकाश सर्वसम्मत चयन भएका छन् ।
आज काँकरभिट्टा स्थित मेची सामुदायिक हलमा एसको मेचीनगर समितिले आयोजना गरेको वडा भेलाले दाहालको नेतृत्वमा ११ सदस्यीय नयाँ समिति गठन गरेको हो ।

दाहाल काँकरभिट्टा स्थित तारापुञ्ज स्कुलका शिक्षक हुन् । उनी विभिन्न सामाजिक संघ संस्थामा सकृय छन् ।

समितिको उपाध्यक्षमा मुक्ति निरौला, सचिवमा डिल्लीराम बोगटी र उपसचिवमा सुस्मिता भट्टराई चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा बिजय खतिवडा, अर्जुन बिष्ट, नरेन्द्र शिवाकोटी, किरण दाहाल लगायत छन् ।

कार्यक्रममा एसका केन्द्रीय सदस्य अशेष घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा एसका केन्द्रीय परिषद सदस्य शुभद्रा भट्टराई, प्रदेश सदस्य ताराराज ओली, अनेमसंघ झापाकी अध्यक्ष हरिमाया मैनाली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

एसको मेचीनगर अध्यक्ष अर्जुन पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव हरिप्रसाद तिम्सिनाले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु