गुराँस लाइफ इन्स्योरेन्सले दियो, सारु परिवारलाई ४ लाख ५० हजार

2022-01-26 मा प्रकाशित

इटहरी,१२ माघ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी भुक्तानीको रकम प्रदान गरेको छ ।
६ वर्ष अघि गुराँसलाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएकी सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडानं ४ निवासी कृष्णकुमारी लिम्बू सारुको परिवारलाई कम्पनीले रु ४ लाख ५० हजार ३७८ रुपैयाँको चेक प्रदान गरेको छ । सारुको गत बैशाखमा मृत्यु भएको थियो । उनले ४ लाख रुपैयाँ बराबरको जीवन बीमा गराएकी थिइन् ।
इटहरीमा मंगलबार आयोजित एक कार्यक्रममा कम्पनीको इटहरी शाखा प्रमुख कल्पना गुरुङले मृतकको हकवाला पूर्ण बहादुर सारुलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । उनको गत बैशाक १६ गते काँठमाडौंमा निधन भएको थियो ।
चेक हस्तान्तरण पछि शाखा प्रमुख कल्पना गुरुङले जीवन बीमाको महत्वको बारेका प्रकास पारेकी थिइन् ।  उनले अभिकर्ता तथा एजेन्सीहरुलाई जीवन बीमाको महत्व बुझाउन गाँउ शहरमा अभियान थाल्न अनुरोध समेत गरिन् ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु