राष्ट्रिय सभा सदस्य निर्वाचनः गोलाप्रथामा काँग्रेसका गोपालकुमार बस्नेत विजयी

2022-01-26 मा प्रकाशित

विराटनगर, १२ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रदेश १ को खुल्ला तर्फ नेपाली काँग्रेसका उम्मेद्वार गोपालकुमार बस्नेत विजयी भएका छन् । पाँच दलिय सत्ता गठबन्धनका उम्मेद्वार बस्नेत र एमालेका उम्मेद्वार गुरु बराल बिच मतभार बराबर भए पछि गोलाप्रथामा झापा बिर्तामोड निवासी बस्नेत विजयी भएका हुन ।

गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मतभार ४ हजार ४ सय ८८ आएको थियो । बराबरी मत आएपछि भएको गोला प्रथाबाट निर्वाचन नतिजा निक्र्यौल गरिएको हो ।

त्यस्तै महिला तर्फ गठबन्धनतर्फकी नेकपा एकीकृत समाजवादीकी उम्मेद्वार जयन्ती राई विजयी भएकी छिन् । राईले ४ हजार ६ सय ९२ मत प्राप्त गरिन् भने वहाँकी प्रतिस्पर्धि एमालेका उम्मेद्वार साबित्री भण्डारीले ४ हजार ३ सय ६२ मतभार प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी अल्पसंख्यक तर्फ एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन् । शेर्पाले ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्दा गठबन्धनका हेमराज राईले ४ हजार ३ सय ८६ मतभार प्राप्त गरे ।

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु