जेठमा स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धन तयार

2022-01-29 मा प्रकाशित

काठमाण्डौ,१५ माघ । चौतर्फि दबाब भए पछि सत्ता गठबन्धनका दलहरु जेठमा स्थानीय चुनाव गर्न तयार भएका छन । आज दुई चरणमा सम्पन्न भएको सत्ता गठबन्धनका दलहरुको बैठकले जेठमा स्थानीय चुनाव गर्ने निर्णय गरेको सरकारका प्रबक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार कार्कीले जानकारी दिए ।

यस अघि असोज पछि मात्रै स्थानीय चुनाव गर्ने सहमति गरेको काँग्रेस सहितका सत्ता गठबन्धनका दलहरुको सहमतिलाई लिएर पार्टी भित्रै र बाहिरबाट समेत चर्को आलोचना भए पछि आफ्नै सहमतिलाई परिमार्जन गर्दै जेठमा स्थानीय तहको चुनाव गर्न सत्ता गठबन्धनका दलहरु तयार भएका हुन ।

प्रधानमन्त्री समेत रहनु भएका काँग्रेस सभापति माथि काँग्रेसकै नेताहरुले स्थानीय तहको चुनाव समयमा नै गर्न चर्को दबाब दिइरहेका थिए । त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैशाख मै स्थानीय तहको चुनाव गर्न सरकारलाई दबाब दिइरहेको थियो ।

 

प्रतिकृया दिनुहोस्

सम्वन्धित समाचारहरु